नारीलाई कमजोर नठान् परेको बेला महाकाली भएर सर्वनाश गर्छे भन्दै समिक्षाले दिइन यस्तो चेतावनी !

गायिका समीक्षा अधिकारीले नारी शक्तिलाई कमजोर नठान्न चेतावनी दिएकी छन् । उनले सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गर्दै उक्त चेतावनी दिएकी हुन् । ‘यदि कसैले नारीलाई कमजोर सोचेर उसको विश्वास र भावना ।माथि खेल्यो भने उनले नारी शक्तिको सामाना गर्न सक्दैन’ उनले अगाडि लेखेकी छन्, ‘त्यसै नारीलाई कमजोर नसोच्दा पनि हुन्छ ।’

उनले नारी दुर्गाको रुपमा माया ममता दिन पनि सक्ने र परेको बेला महाकाली जस्तो रुप लिएर सर्वनाश गर्न सक्ने चेतावनी समेत दिएकी छन् ।समीक्षा केही अगाडिसम्म पल शाहसँग अन्तरंग सम्बन्धको कारण चर्चा थिइन् ।

मिडियाले पलसँग जोडेर उनका बिभिन्न समाचार बनाएका थिए । समाचारका कारण उनी मिडियाबाट भाग्नेदेखि टाढा रहनेसम्म गरेकी थिइन् । तर पलसँग जोडिएर आउने समाचार र गसिफ नरोकिएपछि उनले फेसबुकमार्फत एक स्पष्टीकरण सार्वजनिक गर्दै पल र आफूबीच कुनै अन्तरंग सम्बन्ध नरहेको जनाएकी थिइन् ।

सो समय उनले स्रोत र प्रमाण बिनाका समाचारले आफू र आफ्नो परिवारलाई दुःखी बनाएको समेत बताएकी थिइन् । उनको स्पष्टीकरण पछि पल र उनको बीच जोडिएर आउने समाचारमा पूर्णविराम लागेको थियो । अहिले उनले फेरि सार्वजनिक गरेको चेतावनी पूर्ण स्टाटसलाई बिभिन्न व्यक्तिले धेरै कोणबाट हेर्न थालेका छन् । उनले आफ्नो चेतावनी कसलाई हो भन्ने स्पष्ट खुलाएकी छैनन् ।

याे पनि
काठमाडौं । राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा गठबन्धन गरेर जानु भनेको सिद्धान्तहीन हुने धारणा व्यक्त गर्नुभएको छ ।

पाँच दलीय गठबन्धनले एमाले र केपी ओलीलाई हराउनेमात्रै उद्देश्य राखेको उहाँको टिप्पणी थियो ।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै केसीले अहिले केपी ओलीले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता समाप्त गर्न खोजेको भनेर अनावश्यक हल्ला चलाईएको गुनासो पोख्नुभयो । उहाँले निर्वाचन घोषणा भएको भन्दै खुशी व्यक्त गर्नुभयो ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा बोल्दै उहाँले भन्नुभयो, ‘चुनाव समयमै हुन्छ कि हुँदैन भन्ने आशंका थियो । माओवादीका कतिपय नेताहरुले चुनाव फागुनमा गर्नेजस्तो कुरा गरेका थिए ।

चुनावबारे एकखालको अन्यौल थियो । प्रचण्डले मंसिर ४ गते नै चुनाव हुन्छ भनेर भनेका थिए । नेपालका नेताहरु भरलाग्दा छैनन् । खेलखाल, जेलझाल गर्छन कि भन्ने थियो । तर, चुनावको मिति घोषणा भयो ।’

उहाँले यो बीचमा गठबन्धनवालाहरुले एमाले अध्यक्ष ओलीले गणतन्त्रका उपलब्ध सिध्याउँछन् र उनको राजासँग साँठगाँठ छ भनेको पनि स्मरण गराउनुभयो । उहाँले भन्नुभयो,‘अहिले गणतन्त्र छ, संघीयता छ, धर्मनिरपेक्षता छ, समावेशी–समानुपातिक एजेण्डा, यी जम्मै केपी ओलीले खान्छन् भन्ने खालको भाष्य जोडिएको थियो ।

तर, म भन्छु कि प्रतिगमन भन्ने बस्तु शेरबहादुर देउवाले गरेको हो । देउवाले संसद् विघटनको लागि राजा ज्ञानेन्द्रकोमा विन्ती गरेका थिए । अदालतले पनि हाउस विघटन गर्न भनेको थियो । त्यो बेला संवैधानिक व्यवस्था धरापमा पार्ने काम भएको थियो ।’

उहाँले अहिलेको राजनीतिको प्राप्तिको अवराध भनेको नै ओली हो र उसलाई ठेगान नलगाउँदा पाँच दलीय गठबन्धन बनाउनैपर्छ भनेर गठबन्धनका नेताहरु लागेको सुनाउनुभयो ।

उहाँले भन्नुभयो,‘अहिले गठबन्धनका नेताहरुले एमालेलाई पूर्णतः किनारा लगाउनुपर्छ भन्ने परिवेश निर्माण गरेको हो । गठबन्धन गर्नको लागि उनीहरु दृढसंकल्प थिए । यसमा आश्चर्य छैन् ।’ उहाँले समयमै निर्वाचनमा जालान भन्नेमा आफूहरु अपेक्षित रहेको सुनाउनुभयो ।

न्यायपालिका, व्यवस्थापिक र कार्यपालिका शक्ति सन्तुलनको लागि आधारमा गठन भएको स्मरण गराउँदै उहाँले भन्नुभयो, ‘अहिले त देशको सर्वोच्च अदालतको प्रधान्यायाधीशलाई फालेर अर्को मान्छे लिएर मनपर्दी गदै हिँड्ने काम भएको छ । गठबन्धन अपरिहार्य छ ।

यो गणतन्त्र, संघीयताको लागि केपी ओली १४ वर्ष जेल बसेका हुन् । झापामा टाउका काटे भन्ने इत्यादी कुरा पनि सुनेका छौं । ओलीले यी तीन वटा कुरा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता खाँदैनन् भन्ने मलाई लाग्छ । हामी त गुण र दोषको आधारमा बोल्छौं ।’

उहाँले अहिलेपनि देशमा समस्या यथावत रहेको सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘करको दायरा हेरफेरको विषयमा के भएको थियो त ? सत्यमा हामी उभिनुपर्छ । तथ्यमा उभिनुपर्छ ।’ केसीले संघीयता कार्यान्वयन प्रक्रियामा पनि समस्या रहेको सुनाउनुभयो ।

उहाँले भन्नुभयो,‘केन्द्र, प्रदेश र स्थानीय तहको कुरा छ, एउटा प्रदेशमा त भ्रमण र बैठकमात्रै ९४ करोड खर्च भएछ । हाम्रो देशमा भिआईपीको संख्यामात्रै ४८ सय छ । संसारका भिआईपी एकातिर र नेपालका भिआईपी एकतारित राख्दा नेपालका धेरै छन् । अब नेपालको विकास हुन एक हजार वर्ष लाग्नेछ । यो विषय चुनावको एजेण्डा बनाउने कि नबनाउने ? यो कुरा अहिले मुख्य प्रश्न बनेको छ ।’

उहाँले अहिले घर र घरको पनि झ्यालैपिच्छे मन्त्री रहेको सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘जसलाई पायो त्यसैलाई मन्त्री बनाउने काम भएको छ, अहिले त घरैपच्छिै मन्त्री छन्, झ्यालैपछि मन्त्री ।’ उहाँले राजनीतिक लोकतन्त्रको ग्यारेन्टी हुन्छ भने धार्मिक लोकतन्त्रको ग्यारेन्टी हुनुपर्छ कि पर्दैन् भन्ने प्रश्न गर्नुभयो ? उहाँले अबको निर्वाचनमा सही उम्मेद्धवार चयन हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले एमाले अध्यक्ष ओलीले पनि मुलुकमा अब दुई दल भए राम्रो हुन्छ भनिसकेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘मैले देख्दा पनि दुई दलीय प्रणाली नराम्रो होईन ।’ उहाँले सर्वोच्च अदालतको परमादेश ठिक हो भन्नु गलत भएको पनि टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘त्यो परमादेश सही थियो त ? केपी ओली निरंकुश र स्वेच्छाचारी थिए त ?

उहाँले भन्नुभयो हाउस विघटन गर्नु दुई वटा गल्ती थियो । एउटा–संविधान विपरित, अर्को भनेको अदालतको अवज्ञा । त्यही दुईवटै विषय बनाएर ओलीलाई मानहानीको मुद्दामा केन्द्रीय कारागारमा कोचिदिएको भए, केपी ओली नामको कर्ता हामीले सदाकाल बोकिरहनुपर्ने थिएन नि । अब त अर्को दश वर्षसम्म, केपी ओलीको कहर हामीले बोकिरहनुपर्ने भयो ।

म केपी ओलीको हनुमान होईन, ओलीले सही गरेपनि भन्न सक्दिन तर परमादेश चै गलत थियो भन्ने हुँ । दुनियाँको कुनैपनि देशमा न्यायालयले प्रधानमन्त्री बनाउने नै होईन । यी चीज पनि अबको निर्वाचनमा विषयवस्तु बन्नुपर्छ ।’