आजकल देउवालाई किन टेर्दिनन् आरजु ?

काठमाडौँ । आगामी मङ्सिर ४ गते चुनाव घोषणा भएसंगै को नेता कहाँबाट चुनाव लड्ने भन्ने विषयको चर्चा हुन थालेको छ । चुनावपछि प्रधानमन्त्रीमा आरजुको नामसमेत चर्चामा रहेको छ । तर चुनाव अगाडी नै कहाँबाट उम्मेदवारी दिने भन्नेमै देउवा र आरजुको कुरा मिलेको छैन। निर्वाचन क्षेत्रको विषयलाई लिएर देउवा र आरजु बीचनै टकराब सुरु भएको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नी पत्नी आरजुलाई डडेलधुराबाट उठाउन खोजेका छन् तर आरजुको ध्यान अन्तै मोडिएको छ। आरजु आगामी चुनावमा बर्दीयाबाट उठ्ने तयारीमा रहेको स्रोतले जनाएको छ । देउवाले डडेलधुरा प्रस्ताव गरे पनि उनी बर्दिया-२ बाट लड्ने आकांक्षामा देखिएकी हुन् ।

आरजुले नै डडेलधुरा छोडेर बर्दिया रोजेपछि अहिले कांग्रेस शीर्ष नेताहरु सोहीअनुसार छलफलमा जुटेका छन् ।