सामाजिक यथार्थ घटनामा आधारित रन्जित परियारको ‘चेलीको विलौना’ बजारमा (भिडियोसहित)

पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । तिज आऊन करिव एक महिना बाकि छ, तर बजारमा तिजको रौनक सुरु भईसकेको छ, बजारमा तिज लक्षित गितहरु आऊन थालिसकेका छन् । यसैविच हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको शुभकामना सहित लोकप्रिय दोहोरी गायक रन्जित परियारको आवाजमा रहेको सुजिता विश्नकर्मा र हिरा मगरको नयाँ तिज गित ‘चेलीको विलौना’ डिजिटल बजारमा सार्वजनिक भएको छ ।

सुप्रसिद्ध दोहोरी गायक रन्जित परियार, गाायिका सुजिता विश्वकर्मा र हिरा मगरले गाएको गितमा गितकार सुर्य कुमार परियारको उत्कृष्ट शब्द सृर्जना एवम् गायक रन्जित परियारको लय रचना रहेको छ । गितमा विश्वास नेपालको संगित संयोजन रहेको छ । निकै मौलिक शब्दहरुमा सजिएको उक्त गितमा पारिवारिक घटनामा आधारित यथार्थ विषयबस्तु चित्रण गरिएको छ । गितको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ ।

बर्सिनी तिजको अवसर पारेर रन्जित परियारले नयाँ नयाँ कोसेली सार्वजनिक गर्ने गर्छन् । विगत लामोसमय देखी सांगितिक बजारमा रमाईरहेका परियारको सृर्जनामा रहेका दर्जनौ गितहरु बजारमा छन् । सानु तिम्लाई गरेको गरै छु, रेलको भाडा, रातो हेल्मेट, टुप्पै बस्यो जुरेली, बरु यसै दुखी छु, बटौली, चौली टिमिक्कै लगायत थुप्रै गितहरु सर्वाधिक रुचाईएका छन् ।

विनोद भण्डारीको उत्कृष्ट कथावस्तु एवम् निर्देशनमा तयार पारिएको उक्त गितको म्युजिक भिडियोमा रन्जित परियार, सोनिका बास्तोला, हिरा मगर, टिका श्रेष्ठ र प्रेम अर्यालको अभिनय रहेको छ । अत्न्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई राजेश घिमिरेले छांयाकन एवम् मनोज कार्किले सम्पादन गरेका छन् । गित Ranjit Pariyar अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :

यो पनिः