भारतीय हिरोलाई काठमाडौँमा भेट्दा नेपाली युवतीहरुको रुवाबासी, अङ्गालो हाल्दै यस्तोसम्म गरे हेर्नुस

काठमाडौँ | गत बिहिबार नेपालको राजधानी काठमाडौँ आएका बलिउड अभिनेता हर्षवर्धन राणे मङ्गलबार आफ्नो देश फिर्ती भईसकेका छन्। नेपाल आगमनदेखि प्रस्थानसम्मको नेपालको बसाई अविस्मरणीय भएको उनले बताएका छन्। नेपालको छोटो बसाईको क्रममा उनले विवाहोत्सवमा उपस्थिति, लाखेनाचको अवलोकन, नेवारी परिकार स्वाद लिनुकादेखि बसन्तपूर परिसरको घुमघामसमेत गर्न भ्याएका छन्।

यसैबीच उनले फ्यानहरुसँग भेटघाट पनि गरेका छन्। उनले लाजिम्पाटस्थित त्रिसरा रेस्टोरेन्टमा ‘मिट एन्ड ग्रिट’ कार्यक्रम राखेका थिए। उनी त्रिसरा पुग्दा फोटो तथा भिडियो खिच्नेको ताँती नै लागेको थियो।

युवतीहरुलाई अभिनेता राणेसँग टिकटक भिडियो खिच्न र फोटो खिच्न भ्याईनभ्याई भएको थियो। सामाजिक सञ्जाल इन्स्टाग्राममा उनले पोस्ट गरेको भिडियोमा केही युवतीहरु उनलाई देखेर गल्र्याम्म अङ्गालो हाल्दै रोइरहेको देख्न सकिन्छ। हेर्नुस –