पाँचदलीय गठबन्धन गन्तव्यहीन, आदर्शहीन र सिद्धान्तहीन – भीम रावल

काठमाडौं र नेकपा एमालेका नेता डा। भीम रावलले सत्तारुढ पाँचदलीय गठबन्धन गन्तव्यहीन, आदर्शहीन र सिद्धान्तहीन रहेको बताएका छन् । शुक्रबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै नेता रावलले सो कुरा गरेका हुन् ।

उनले गठबन्धनसंग सत्तास्वार्थ बाहेक देशको पक्षमा कुनै एजेण्डा नरहेको पनि बताए । उनले भने – ‘जसको कुनै सिद्धान्त, कार्यक्रम मिल्दैन तिनीहरूबीचको गठबन्धन गन्तव्यहीन, आदर्शहीन र सिद्धान्तहीन हो । ‘

उनले थपे – ‘कोही संघीयताका विरोधी छन्, कोही संघीयताका जननी छन् यस्ताको स्वार्थ कसरी मिल्यो ? उनीहरूको नारा के हो ? नेपाङ्ग्रेस जिन्दावाद भन्ने नारा लाग्छ ?’