बिमल डाँगी र सरिता डाँगीको आवाजमा अमेरिकामा रहेका ३४ जना कलाकार मिलेर ल्याए तीज गीत

३४ जना कलाकारले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ। गायक बिमल डाँगी, सरिता डाँगी र मधुर गिरिको स्वरमा ‘फुलबुट्टे सारी लाएर’ बोलको नयाँ तीज गीत सार्वजनिक भएको हो।

बिमल डाँगीले लय रहेको यो गीतको शब्द भने मधुर गिरीले लेखेका हुन।अमेरिकामा छायाकंन गरिएको यो गीतको म्युजिक भिडियोमा ३४ जना कलाकार भेला भएका छन्।“फुलबुट्टे सारी लाएर” बोलको गीतको म्युजिक भिडियोमा सरिता डाँगी, यन्सरी गुरुङ्ग, बबिता डाँगी, रचना रानाभाट, अमृता ज्ञावली, दिलु राई, अन्जु गुरुङ्ग, मन्जु गुरुङ्ग, सुशिला ज्ञावली, सावित्री न्यौपाने, मन्जु गैह्रे, सारदा के.सी, सुजिता श्रेष्ठ, माधुरी कार्की, सबिना दवाडी, गीता ढकाल, रुथमान गुरुङ्ग, रबिन गुरुङ्ग, दिनेश डाँगी, बरुण रानाभाट, दिनेश बस्नेत, रामकृष्ण भाट, अर्जुन कुमार कार्की, बद्रि डाँगी, राम बिष्ट, बिजेन्द्र थिङ्ग, पूर्ण छन्त्याल, केशब थापा, कर्मा शेर्पा, खिम हमाल, बुद्धिमान तामाङ्ग, गोविन्दराज फुलारा, दिल पुन, र टिका छन्त्यालको सामुहिक अभिनय देख्न सकिन्छ ।

गोबिन्द राईको निर्देशनमा तयार भएको म्युजिक भिडियोलाई शम्भु मोक्तानले छायांकन गरेका हुन्। बिनोद बमले भिडियो सम्पादन गरेका छन् । बिमल डाँगी युट्युब च्यानल मार्फत सार्बजनिक भएको यो गीत suffolk country samaj new work ले तयार पारेको हो।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।