अष्ट्रेलिया बस्दै आएकी गायिका निशा केसीको टिमले ल्याए तीज गीत

कमल सरगम ,काठमान्डौ। हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको हार्दिक शुभकामना सहित अष्ट्रेलियामा बस्दै आएका कलाकारहरुले यो पटक पनि आफ्नो मौलिक तीजलाई निरन्तरता दिएका छन। अष्ट्रेलियामा बस्दै आएकी लोकप्रिय गायिका निशा केसी,विजय केसी,आवृत्ति भुसाल र बिन्दु पौडेलको तीज गीत ‘माइती घर मेरो’ बजारमा आएको छ।

बिदेशमा पनि संगीतको मोह कति छ भन्ने यही टिमबाट पनि प्रष्ट हुने गर्दछ।अष्ट्रेलिया आफैमा पनि व्यस्त सहर हो,जहा रहेका नेपालीहरु यसरी रात दिन नभनी संगीतलाई पनि संग संगै लिएर हिडेको पाइन्छ।त्यसो त् कलाकार टिमले यस अगाडी पनि धेरै गीतहरु बजारमा ल्याई सकेका छन यसैको फल स्वरूप नया गीत बजारमा आएको हो। गायिका निशा केसीको त् धेरै गीतहरु चर्चीत् छन।

गीतमा आवाज भने निशा केसी ,बिजय केसी , आवृत्ति भुसाल र बिन्दु पौडेलको रहेको छ भने शब्द जिबन शिक्देल र बसन्त थापाको रहेको छ भने संगीत बसन्त थापा आफैले गर्नु भएको छ।

गीतमा अभिनय भने चर्चित मोडलहरु करिश्मा ढकाल ,बिना बिश्वकर्मा ,अश्मिता रनपाल र लोमश शर्माको रहेको छ।भिडियो निर्देशन कुमार केसीले गरेका हुन् भिडियो मौलिक र निकै उत्कृष्ट बनेको छ।पुरा गीत हेरेर कमेन्ट गर्नुहोला :