ठुला मिडियालाई बिजयकुमारको चुनौती : ब्यापारीको फोटो छाप्ने आट छ ?

काठमाडौं

बरिष्ट पत्रकार बिजयकुमार पाण्डेले ठुला मिडियालाई अर्थ मंत्रालयमा चुकुल काण्ड घटायर करको डर हेरफेर गर्न सक्ने व्यापारिक घरानाको नाम पहिलो पेजमा त्यतिकै ठुलो अक्षरमा छाप्न सक्ने हैसियत छ भनेर चुनौती दियको छन् |उनले सामाजिक संजाल टुइटरमा टुइट गर्दै यो चेतावनी दियको हुन् |

अर्थमन्त्री जनार्दन शर्माको पक्ष र विपक्षमा गरि देशनै दूई धुर्बमा बाडियको अबस्थामा बरिष्ट पत्रकार बिजयकुमार पाण्डेको यो टुइटले राजनीतिक वृतमा हलचल मच्याएको छ |

उनले मिडियाले आफ्नो स्वार्थको लागि जो कोहि लाई पनि मोहोडा बनायर आफ्नो स्वार्थ पूर्ति गर्ने गर्छन भन्ने कुरा बतायको छन् |

यस्तो छ बिजय कुमारको टुइट….

Vijay Kumar Panday
@Vijaykumarko
·

जुनदिन नेपालका ठूल मिडियाले अर्थमंत्रालयमा ‘चुकुल काण्ड’ घटाएर करका दर परिवर्तन गराउन सक्ने व्यापारिक घरानाको नाम पनि फस्ट पेजमा त्यतिकै ठूलो अक्षरले , फोटो सहित छाप्ने छ, तब मानौला – घुस लिन्या र दिन्या – दुबैलाई ठूल मिडियाले अपराधी मान्न थालेछ ।

यता अर्थमन्त्रीको पुन सपथ खाय संगै जनार्दन शर्मालाई बधाई को ओईरो लागेको छ |नेता कार्यकर्ता र सुभचिन्तकहरूको बधाई ले आफुलाई सत मार्गमा हिड्न प्रेरित गरेको र भाब बिभोर बनायको अर्थमन्त्री शर्माले बतायको छन् |

यौटा बधाई जस्ताको तेस्तै ..

यो जित जनता र सच्चा नेताकाे जित हाे
सत्यको जित अबस्य हुन्छ भन्नेकुरा साबित भयो देश जन्ताको लागि काम गर्ने नेताप्रती प्राहार गर्न खोज्ने तिम्रो षडयन्त्र नाङ्गेझार भयको छ।देश को समृद्दी चाहाने जनता प्रती सधै इमान्दार भयर काम गर्ने तिब्र इछाशक्ती भयका कुलमान जनार्दन लाई जति सिध्याउन खोजे पनि तिमिहरु कहिलै सफल हुदैनौ।

देशको यो परिवर्तन को जन्मदाता भनेकै माओबादी हो यस्को ममतामय माया ले देश र जनता प्रती सधै इमान्दार भयर काम गरि साच्चिकै समृद्दिशाली राष्ट माओवादिले नै बनाउने छ यस्मा सच्चा नेपालिको साथ रहने छ।
षडयन्त्रका तानाबुनालाइ चिर्दै पुन देशको अर्थ मन्त्री हुनुभयकोमा महान नेर्तित्व जनार्दन शर्मा क प्रभाकर लाई हार्दिक बधाइ एवम सफल कार्यकालको शुभकामना।

करको दर हेरफेर गर्ने व्यापारीको फोटो सार्बजनिक गर्न ठुला मिडियालाई बिजयकुमारको चुनौती