गाली खान तयार छौं, तर दिर्घकालीन नहुने फोहोरको व्यवस्थापनमा लागि हतारिएर निर्णय लिँदैनौं : मेयर बालेन

काठमाडौं १५ सानन । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले फोहोर व्यवस्थापनको लागि दिगो समाधानको विषयमा जुटिरहेको बताएका छन् ।

पोखरामा आयोजित महानगरका मेयर तथा उपमेयरको सम्मेलनमा सहभागी भएका उनले तत्काल नदेखिने तर दिगो प्रभाव पर्ने काममा जुटिरहेको बताएका हुन् ।

काठमाडौंले गरेका गल्ती नदोहोर्‍याउन अन्य महानगरलाई आग्रह गरेका मेयर साहले काठमाडौं महानगरबाट सिक्नुपर्ने कुरा भन्दा नसिक्नुपर्ने कुरा धेरै रहेको बताए ।

महानगरले अहिले फोहोरको समस्या, पानीको समस्या कंकिटको समस्या भोगिरहेको बताएका साहले भने, ‘हाम्रोमा विजुली जति पनि छ । बायोग्यासको प्रभावकारीता छैन । त्यसैले मल उत्पादनलाई नै सबैभन्दा उपयुक्त विकल्प सोचिएको हो । यसमा हामी हतार गर्ने पक्षमा छैनौं ।’

सामाजिक सञ्जाल र मिडियामा नराम्रो कुराहरू आउने र राजनीतिक दवावमा निर्णय लिने प्रवृत्ति रहेको बताएका उनले भोलि ३०/५० वर्ष पछाडि पनि हाम्रो छोराछोरीले हामीलाई बाउबाजेले देश विगारे भनेर गाली भनेर त्यस विषयमा दौडिरहेको बताए ।
‘हामीले गाली खाइखाइ फोहोर व्यवस्थापनका लागि किन समय कुरेको भन्दा हामीलाई तुरुन्तै हुने तर दिर्घकालीन नहुने व्यवस्था चाहिएको छैन । यस्तो चीज चाहिएको छ कि भोलि ३०र५० वर्ष पछाडि पनि हाम्रो छोराछोरीले हामीलाई बाउबाजेले देश विगारे भनेर गाली नगररुन् ।’ उनले भने ।

एक वर्ष नदेखिने काम गरेर महानगरवासीको गाली खान तयार भएको बताए ।