सालीको इंगेजमेन्टमा भिनाजु डाँको छोडेर रोएपछि…

काठमाडौं । सामाजिक सञ्जालमा एक महिलाको पोष्ट भाइरल भएको छ, जसमा उनले मादक पदार्थको नशामा आफ्ना पतिले सनसनीपूर्ण खुलासा गरेको बताएकी छिन् । महिलाले लेखेकी छिन् कि श्रीमानले मदिराको अवस्थामा मेरी बहिनीलाई माया गर्छु भने। त्यो पनि महिलाको गर्भावस्थाको छैठौं महिना चलिरहेको बेला ।

जुन २० मा, Reddit मा r/trueoffmychet फोरम मार्फत, u/ThrowRavin नामकी प्रयोगकर्ताले उनकी बहिनीको इंगेजमेन्टपछि श्रीमानको व्यवहार परिवर्तन भएको बताउँदै त्यसपछि मदिराको नशामा पतिले ठूलो खुलासा गरेको बताइन् । पोष्टमा महिलाले आफू र उनकी बहिनीले आफ्नो बाल्यकाल सँगै बिताएको र कठिनाइका कारण एकअर्कासँग निकै नजिक भएको बताइन् ।

उनले लेखेकी छन्- “मेरी बहिनी सानैमा मेरो संरक्षक र रोल मोडेल थिइन्। जब हाम्रो सौतेनी बुबा नशामा हुन्थे उनी आफुलाई अगाडि पार्थिन ताकि बुवाले मलाइ चोट पुरयाउन नसकुन् । उनी कलेज जाँदा म पनि कहिलेकाहीँ घरबाट भागेर उनीसँग पुग्ने गर्थे, ती दिनहरूमा उनी आफै भुइँमा सुतिन् र मलाई उनको ओछ्यानमा सुताइदिन्थिन् । म १६ वर्षको उमेरमा मेरी बहिनीसँग सिफ्ट भएँ र त्यसपछि हामी कहिल्यै घर फर्किएनौं।

पोस्टमा महिलाले आफ्नी बहिनी र श्रीमानको स्वभाव एउटै भएको बताएकी छन् । परिवारमा सबै राम्रै चलिरहेको थियो । तर मेरी बहिनीले एक जना पुरुषसँग डेट गर्न थालिन्। महिलाका श्रीमानलाई यो कुरा मन परेन । उनले श्रीमतीलाई भने– मलाई यो मान्छे तिम्रो बहिनीको लागि ठीक लाग्दैन ।

तर एक दिन चार जना सँगै खाना खान गए । यहाँ महिलाकी बहिनीका प्रेमीले उनलाई प्रपोज गरे । घर फर्किएपछि महिलाले श्रीमानलाई कोठामा रोइरहेको देखिन् । महिलाले भनिन्- मेरो श्रीमानले मेरी बहिनीसँग वर्षौंदेखि प्रेम गरिरहेको बताएका छन् तर त्यो कति गलत हो भन्ने उनलाई थाहा छ ।

महिलाले थप भनिन्- श्रीमानले मलाई धेरै माया गर्छु भनेका छन् र उनले आफुलाई असल श्रीमान र हाम्रा सन्तानको असल बुबाको रूपमा देखाउने वाचा गरेका छन्।

सम्बन्धको बारेमा मानिसहरूको सल्लाह सोध्दै महिलाले भनिन्- अब के गर्ने मलाई थाहा छैन। अब पहिले जस्तो केहि हुनेछैन तर मेरी बहिनी मेरो परिवार र सबैभन्दा मिल्ने साथी हो। के म मेरो विवाह बचाउन सक्छु? अनि मेरो बच्चा पनि ?