बौद्ध स्तूपामा सुरक्षा गार्डले दृष्टिविहीनहरूमाथि दु,र्व्यवहार …

काठमाडौं । काठमाडौंको बौद्ध स्तूपा परिसर छिर्न खोजेका दृष्टिविहीनहरूमाथि दु,र्व्यवहार भएको छ । बिहीबार बिहान बौद्ध स्तूपा छिर्न खोजेका दृष्टिविहीनहरुको एक समूहलाई त्यहाँका सुरक्षा गार्डले मुख्य प्रवेशद्वारमा रोकेर दु,र्व्यवहार गरेका हुन् । त्यहाँ खटिएका सुरक्षा गार्डले उनीहरुले प्रयोग गर्ने सेतो छडी खोसेर भाचिँदिएका छन् । आक्रोशित ती सुरक्षागार्डले एक दृष्टिविहीनलाई हातपात गर्दै धकेलेका थिए ।

बौद्ध स्तूपामा दृष्टिविहीनमाथि दुर्व्यवहार भएको भिडियो यतिबेला सामाजिक सन्जालमा भाइरल छ । भिडियोमा दृष्टिविहीनको समूहलाई बौद्धनाथ क्षेत्र विकास समितिका सुरक्षा गार्डले बौद्ध स्तूपा छिर्ने गेटैमा रोकेर लठ्ठी खोसेको देख्न सकिन्छ । दृष्टिविहीनहरूमाथि दुर्व्यवहार हुँदा प्रहरी पनि त्यही थिए । तर, ती सुरक्षाकर्मी मुकदर्शक बनेर उल्टै उनीहरुलाई धकेल्न पुगेपछि तीव्र आलोचना भइरहेको छ ।

महानगरीय प्रहरी वृत्त बौद्धले भने प्रहरीले दृष्टिविहीनहरूलाई नधकेलेको दाबी गरेको छ । विवाद भएको थाहा पाएर विवाद मिलाउन गएको वृत्तका प्रमुख डीएसपी ढुण्डीराज न्यौपानेले नेपालप्रेसलाई बताए ।उनले भने, ‘त्यो हामीले होइन बौद्ध विकास क्षेत्र समितिले हो । बौद्धनाथ विकास क्षेत्र कोषको आफ्नै सुरक्षा गार्ड छ ।

उनीहरुले लठ्ठी खोस्न थालेपछि हामीले थाहा पाउनेबित्तिकै सम्झाएको हो । त्यहाँ विवाद भएको थाहा पाएपछि विवाद मिलायौं ।’पर्यटकीय क्षेत्रमा माग्न नपाइने भएकाले त्यहाँ माग्नेहरु भित्र बसेर माग्न खोजेपछि बौद्ध स्तूपाभित्र गार्डले बाटो छेकेको उनले बताए । दुबै पक्षलाई वृत्तमा ल्याएर हिजो नै सहमति गराएर पठाइदिएको उनले बताए । nepalpress