जापानमै सुटिङ्ग भएको निशा क्षेत्रीको तीज गीत ‘जिन्दगि के रैछ’ चर्चामा (भिडियो)

कमल सरगम, हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको शुभकामना सहित प्रदेशमा बस्दै आएकी अत्यन्तै सुमधुर आवाज भएकी गायिका निशा छेत्रीको तीज कोशेली ‘जिन्दगि के रैछ’ बजारमा आएको छ।जापानमा बस्दै आएकी निशाले आफ्नो दोहोरी क्षेत्रको मौलिकताको जगेर्ना गर्दै यो गीत बजारमा ल्याएकि छिन।

गीतमा निशा क्षेत्री संगै गायिका सुमित्रा कोइरालाको आवाज रहेको छ भने गीतमा लय तथा शब्द सृजना सुमित्र कोइरालाले नै गरेकी छिन।परदेशिहरुलाई पनि तीजको चटारो लागेको छ भन्ने एउटा प्रमाण यही गीतलाई पनि लिन सकिन्छ।गीतको छायांकन पनि दुई स्थानमा भएको छ। जापानमा र नेपाल दुवै स्थानमा सुटिङ्ग भएको गीतमा अभिनय भने टिकटक स्टार सरिता धनकुटि र संगीता खातीको रहेको छ।

भिडियोमा निर्देशन भने होम गुरुङ्गले गरेका छन भने छायांकन गणेश सापकोटा ले गरेका छन।सुबास अमगाईको सम्पादन रहेको भिडियो हेरेर प्रतिक्रिया दिनुहोला :