बिन्दू, देबी र ज्योतिप्रकाशले ल्याए लगनको सारी

काठमाडौं, १० साउन |

यो वर्षको तीजलाई लक्षित गरेर संगीतकार ज्योतिप्रकाशको संगीतमा नयाँ तीज भाका ‘लगनको सारी…’ दर्शक श्रोतामाझ आएको छ । गीतकार देवी पराजुलीले यो तीज भाका लेखेकी हुन् ।
छ । गीतमा समसामयिक बिषयबस्तु उठान गरिएको छ । यो गीतलाई सुदीप सागरले संगीत संयोजन गरेका हुन् ।

यो गीतलाई गायिका बिन्दु परियारले गाएकी छिन् । यो तीजभाका निकै माधुर्य बनेको छ । यो गीतलाई ओएसआर डिजिटल च्यानलबाट रिलिज गरिएको नृत्यप्रधान यो गीतको भिडियो पनि त्यत्तिकै आकर्षक बनेको छ । भिडियोलाई गोविन्द अञ्जान र दीपेन्द्र प्रकाश केसीले निर्देशन गरेका छन् । भिडियोमा मोडल दिब्यानी ओलीको शिर्ष नृत्य रहेको छ । उनीसँगै विभिन्न क्षेत्रमा स्थापित महिलाहरु पनि यो भिडियोमा अभिनयरत छन् ।
गीतसँगै यतिबेला यो भिडियोलाई दर्शकले रुचाएका छन् । गीतको भिडियोमा महेश महराको छायाँकन, दीपक बिष्टको सम्पादन, दीपेश बिष्टको कोरियोग्राफी रहेको छ ।