अ, श्लिल सन्देश पठाउने रुपन्देहीको कल सेन्टरमा प्रहरीकाे छापा, १५० युवायुवती पक्राउ

बुटवल, ८ साउन :

प्रहरीले रुपन्देहीको एक कल सेन्टरमा छापा मारी डेढसय युवायुवतीलाई पक्राउ गरेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ मा रहेको ब्लु स्काइ कल सेन्टरमा प्रहरीले आइतबार छापा मारेको हो ।

ठगी गरेको आरोपमा प्रहरीले छापा मारेर कल सेन्टरका सातजना सञ्चालक सहित डेढ सय युवा युवतीलाई पक्राउ गरेको छ ।

तिलोत्तमाको जानकीनगरस्थित भवनमा तीन वटा फ्ल्याट भाडामा लिइ कल सेन्टर सञ्चालन गरिएको थियो । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार कार्यालय नै राखेर सर्वसाधारणलाई म्यासेज पठाई ट्रयापमा पारेको अनुसन्धानबाट भेटिएपछि उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरूमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

विदेशी नागरिकको लगानीमा खोलिएको यस कार्यालयबाट सर्वसाधारणको मोबाइलमा ह्वाट्सप र फेसबुकमा चिट्ठा पर्‍यो भन्दै म्यासेज पठाउने, अश्लिल सन्देश पठाउने र ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताए ।

पक्राउ पर्ने युवायुवतीहरू भने कार्यालयका कर्मचारी मात्रै हुन् । उनीहरूले आफूहरू जब लिंक भन्ने संस्थामार्फत यहाँ काममा आएको बताएका छन् । सो कल सेन्टरमा अवैध काम हुने गरेको सूचनाका आधारमा छापा मारेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख रविन्द्र रेग्मीले बताए ।