“फुलेको दारी” गित बजारमा सार्बजनिक

काठमाडौ| तिज नजिकिदै गर्दा सर्जक तथा गायक तिज गित बजारमा ल्याउन तछाडमछाड गरिरहेका छन दिनहुँ दर्जनौ गित बजारमा सार्वजनिक भएका छन । कति गित युटुब टेडिङमा पुगिसकेका छन भने कति पुग्ने क्रममा छन कति गीतले युटुव, टिकटक लगायतका सामाजिक सञ्जाल तताउन थालेका छन् ।

तिज गित बजारमा ल्याउने क्रममा कसैले दुख पिडाका गित ल्याएका छन भने कसैले दुख पीडा भुलेर नाचम नाचम खाले यसै क्रममा अमर भट्टराईको “फुलेको दारी” गित बजारमा आएको छ ।

पछिल्लो समयमा निकै रुचाएकी बाल गायिका पुजा देवकोटा,रेजिना परियार र अमर भट्टराईको स्वरमा रहेको दारी फुलेको गित को शब्द शृजना अमर भट्टराईले गरेका छन भने लय अमर भट्टराई र अर्जुन गैरे ले हालेका छन साथै म्युजिक एरेन्ज्मेन्ट भने अति पछिल्लो समय कलाकारितामा आफ्नो छुट्टै छवि बनाउन सफल कलाकार जय देबकोटा ले गरेका छ्न। ।

प्रकाश खड्काले छयाङ्कन गरेको उक्त भिडियोलाई मदन खड्काले निर्देशन गरेका छन ।

ANB Entertainment अफिसियल युटुब च्यानल बाट बजारमा आएको गितको भिडियोमा
अर्जुन सापकोटा,आयुश्मा सिमखडा,सुमन परियार,जुनु एसडि लाई भिडियोमा देख्न सकिन्छ ।