लाल बहादुर गुरुङ भन्नु हुन्छ ‘सामाज सेवा फाइदा र घाटा हैन, सेवाको लागि निरन्तर लागेको हो’

लाल बहादुर गुरुड्ग,

लण्डन। सन् २००३ मा गैरआवासीय नेपाली संघ (एनआरएनए) स्थापना हुँदै गर्दा र यसले लिएको उद्धेश्यबारे बुझ्दादेखि नै यो संस्था नेपाल र विश्वभरि रहेका नेपालीका लागि आवश्यक छ भन्ने पक्षमा थिएँ। विश्वभरि रहेका नेपालीलाई एउटै मालामा गाँस्ने, विभिन्न देशमा रहेका नेपालीका साझा समस्या समाधान गर्ने,नेपालको विकासमा समेत महत्वपूर्ण टेवा पु¥याउन यो संस्था महत्वपूर्ण कडी हो भन्नेमा दुई मत थिएन । गैरआवसिय नेपाली संघको त्यही गरिमा र महत्वले छोएकै कारण, घरदेश र परदेशका निम्ति केही न केही गर्नै पर्छ भन्ने हुटहुटीका कारण म पनि बिस्तारै एनआरएनमा जोडिएको हुँ। एनआरएनमा जोडिँदा होस् वा यो संस्थसँग सुभेच्छा राख्दा मेरो पहिलो प्राथमिकता नेपाल र नेपालीलाई जोड्ने नै रह्यो।

नेपालका प्रतिभा र क्षमतालाई बिस्तार गराउने,नेपाली लोक संस्कृति, पराम्परा र देशको सुगन्धदाई बिस्तार गर्ने काममा हामी सुरुदेखि नै क्रियाशील थियौं, छौं र रहिरहने छौं। करिब ८५ भन्दा धेरै देशमा बिस्तार भइसकेको र लाखौं गैर आवसीय नेपालीहरुसँग जोडिएको एनआरएनए आज कुन बाटोमा हिँडिरहेको छ? कसरी राजनीतिक स्वार्थ र प्रतिष्ठाको लडाईंले धुजाधुजा परेको छ? गैरआवसीय नेपालीहका मुद्धा आज कसरी ओझेल परिरहेको छ? गैरआवसीय नेपाली संघको नेतृत्व स्वास्थ्य समूहमा विभाजित हुँदा त्यसको फाइदा कसले उठाइरहेको छ ? यस्ता थुप्रै गम्भीर प्रश्न आज हाम्रा सामू छन्। तर, यो छुट्टै बहस र विमर्शको पाटो हो ।

एनआरएनए युकेको विभिन्न पदमा रहेर काम गर्ने अवसरलाई कुशसलता पूर्वक बहन गरेपछि मैले इंग्ल्याण्ड राज्य परिषदको नेतृत्वसम्म आइपुगेर काम गर्ने अवसर दिनुभएकोमा उहाँहरु सबैप्रति हार्दिक आभार र धन्यवाद व्यक्त गर्दछु। कोरोना कहर, एनआरएनभित्रकै अन्योलता र थुप्रै समस्याहरुका बाबजुद पनि हामीले केही प्रयन्नहरु भने अवश्य रहेका छौं। संस्था स्थपना हुनु र नेतृत्व लिनु मात्र ठूलो कुरा रहेनछ, ठूलो कुरा त त्यो संस्थाले के ग¥यो, नेतृत्व कतिको सक्षम बन्यो भन्ने रहेछ। यसप्रति हामी सचेत रहँदै विषम परिस्थितिमा पनि केही सत्कर्मको थालनी गरेका छौं ।

हामीले जिम्मेवारी लिँदै गर्दा संस्थामा बजेट र कुनै फन्डको कुरा त परै जाओस्, एउटा बैंक एकाउन्टसम्म थिएन। यस्तो परिस्थितिबाट हामीले काम थालेका थियौं । तथापी हामीले केही काम भने अवश्य गरेका र्छौं।

१. नेपाल र नेपालीलाई जोड्ने, नेपालको प्रतिभा र लोकसंस्कृति, क्षमतालाई बिस्तार गर्न नेपाली मेलाले महत्वपूर्ण योगदान गरेको छ । पहिलो चरणमा नेपाली मेलासँग हामीले सहकार्य गर्यौं । २०० पाउडको पुरस्कारको व्यवस्थासमेत गरेका थियौं ।

२. वर्षौंदेखि उठिरहेको, धेरै गोर्खाहरु र नेपालीसँग नै जोडिएको विषयमा भएको सत्यग्राहको आन्दोलनमा हामीले ऐक्यवद्धतामात्रै जनाएनौं, सहकार्य र सधैं यस्ता मुद्धामा सँगै रहने प्रतिवद्धता व्यक्त गर्ने काम पनि भयो ।

३. अहिले हाम्रो वेब साइड बनेको छ। अझै परिमार्जित हुने क्रम चलिरहेको छ। भविष्यमा इन्ङल्याण्डको मेम्बरसिप फार्म यहीबाट सहज ढंगले बनाउन सकिने छ। संस्थाका महत्वपूर्ण जानकारी, हाम्रा योजना, उद्धेश्य र गतिविधि अब वेबसाइडबाटै सबैलाई जानकारी दिने गरी विकास गरिरहेका छौं ।

४. नयाँ पुस्तालार्इ हाम्रो चाडपर्वको हस्तान्तरण गर्दै संस्कृतिको संरक्षण र विकास गर्ने उद्धेश्यले दशैं विशेष कार्यक्रमलाई भब्य रुपले मनाएका छौं।

५. लामो समय .सम्मको कोभिड १९ ले धेरैको घर परिवर र समाजलाई ठूलो संकटमा पार्यों। कतै एनजाइटिक त कतै डिप्रेशनको सिकार भएका घटनाहरु सार्वजनिक भए । यस्ता विषयलाई पनि मध्यनजर गर्दै सचेतना कार्यक्रम पनि गरेका छौं। घरदेखि बाहिर पार्क गार्डेन अथव ट्रेडमिलमा ५ किलो मिटर दौडने जस्ताकुराहरूको जनचेतना फैलाउने अभियानको सुरुवात भएको छ।

६. लगभग २ सय ७५ जना नेपाली दाजुभाइहरू अफगानिस्थानबाट रेडिङ सुइन्डन बर्मिघमको होटहरूमा ल्याएर राखेको भएता पनि केही लुगालत्ताको अत्यन्तै जरूरत भएको भन्ने बुझेर हामीले सहयोग गरेका छौं ।

७. अहिले भर्खरै मात्र इंग्ल्याण्डको शाखा बिस्तार गर्ने क्रममा ६ वटा ठाउँमा कन्ट्री काउन्सिलको स्थापना भइसकेको छ। बाँकी ४ वटा ठाउँमा गरेर जम्मा १० वटा ठाउँमा बिस्तार गर्ने हाम्रो राज्यको योजना छ।

८. विश्वका ठूल्ठूला नेताहरूले सफा बातवरणको कुराहरू गरिररहँदा इन्ग्ल्यण्ड राज्यले पनि पनि द एभरेष्ट म्यारथुनको कन्सेप्टलार्इ लिएर आगमी वर्षहरूमा म्यारथुन दौड प्रतीयोगिता गराउने योजना बुनिरहेको छ। जसले देशमा पर्यटन भित्राउन मद्दत पुग्ने छ र उठेको रकम सगरमाथा लगायत महत्वपूर्ण हिमाल सफा राख्नको लागि सहयोग गर्ने योजनाका साथ प्रक्रिया अगाडि बढाएका छौं।

हामीले गर्नुपर्ने थुप्रै कामहरु छन्, हामीले ध्यान दिनुपर्ने थुप्रै विषयहरु छन्, सबै योजनाहरु सफल हुन सक्दैनन्,सबै सपनाहरु पनि पूरा हुन सक्दैनन्। निश्वार्थ र सबैको हित हुने भावनाले असल प्रयास गर्नु नै ठूलो कुरा हो भन्ने मान्यता राख्दछु। आजको प्रविधिको युगमा धेरै कुराले फड्को मारिसकेको छ तर त्यसलाई भरपूर प्रयोग गर्दै असल कामका लागि सत्प्रयास गर्नेतिरभन्दा आज नेपाली समाज नकरात्मक कुरामा रमाउन र अरुको आलोचना गरेर समय व्यतित गर्नेतिर लागिरहेको छ । सकेको ठाउँमा आफूले पनि सहयोग गर्ने र अरुको अस्तित्व स्वीकार्ने, सबैको सम्मान गरे आफ्नो पनि मान बढ्छ भन्नेतिर लाग्ने र हाम्रा साझा समस्याहरु समाधान गर्नेतिर ध्यान दिनुपर्ने आजको समय हो। घरदेशभन्दा पर बसेर व्यक्तिगत स्वार्थभन्दा माथि उठेर,राजनीतिक खिचातानीभन्दा अलि परबाट सत्कर्मको बाटोमा सँगै हिँडौं,म हार्दिक अपिल गर्दछु ।

धन्यवाद ।