सम्मानजनक भूमिका नदिए आगामी निर्वाचनमा तालमेल गरिँदैन : झलनाथ खनाल

काठमाडौं ७ साउन । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले सम्मानजनक भूमिका गठवन्धनले आगामी निर्वाचनमा सम्मानजनक भुमिका नदिए निर्वाचनमा तालमेल हुन स्पष्ट पारेका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता खनालले कुनै दललाई बहुमत प्राप्त हुने गरी तालमेल हुन नसक्ने भन्दै यस्तो बताएका हुन् ।

तालमेलका लागि सम्मानजनक भूमिका दिनुपर्ने तर्क राखेका उनले स्थानीय तहमा जसलाई बोक्यो, उसैले आगामी निर्वाचनमा बहुमत ल्याए कम्युनिष्ट आन्दोलनको इतिहास समाप्त हुने बताए ।

नेता खनालले अहिले वाम एकताको खाँचो रहेको बताउँदै नेता खनालले आउँदो निर्वाचनमा सम्भव भए वामपन्थी एकता गर्नुपर्ने बताए ।

वाम गठवन्धनमा नेकपा एमालेको नेतृत्व तयार हुन्छ कि हुँदैन भन्ने प्रश्न रहेको बताएका उनले सबै पार्टीलाई सम्मानजनक ढंगले एकता गराउन एमालेले पहल लिए वामपन्थी एकता सम्भव रहेको नेता खनालले बताए ।