कहिले बिवाह गर्ने ? सौगात र सृष्टिको यस्तो जवाफ ! माइकल अधिकारिको प्रोमोसनमा हाथ नै समाते यसरि ! यस्तो रहेछ यम अधिकारी (भिडियो सहित)

गोपीकृष्ण मुभिजको आगामी फिल्ममा पनि सौगात मल्ल र सृष्टि श्रेष्ठ ‘स्क्रिन कपल’कै रुपमा दोहोरिने भएका छन् । बुधबार काठमाडौंमा आयोजित फिल्म ‘माइकल अधिकारी’को पत्रकार सम्मेलनमा निर्माता निरक पौडेलले यस्तो संकेत गरेका हुन् ।

‘मलाई जिन्दगीभर उहाँहरुसँग काम गर्ने इच्छा छ र आउने प्रोजेक्टमा पनि उहाँहरुसँगै काम गर्न इच्छुक छु,’ निर्माता पौडेल भन्छन्, ‘उहाँहरुको काम गर्ने शैली र व्यवहारबाट म निकै प्रभावित छु ।’

जवाफमा सृष्टिले पनि गोपीकृष्ण भगवानको आफूलाई माया लाग्ने भन्दै गोपीकृष्ण मुभिजको प्रशंसा गरिन् । अभिनेता सौगात मल्लले आफूहरुलाई विश्वास गरेकोमा प्रोडक्सन हाउसलाई धन्यवाद दिए ।

गोपीकृष्ण मुभिजसँग सौगात र सृष्टिले पहिलोपटक सहकार्य गरेका हुन् । उनीहरु पछिल्लो समय नेपाली फिल्ममा निकै रुचाइएका जोडी हुन् । फिल्म ‘माइकल अधिकारी’मा यो जोडी स्क्रिन कपलको रुपमा प्रस्तुत छ ।

पछिल्लो समय पनि सौगात र सृष्टिले स्क्रिन कपलकै रुपमा काम गरिरहेका छन् । निर्माण हुन लागेको नयाँ प्रोजेक्ट ‘पोई पर्‍यो बुढो’मा पनि सौगात-सृष्टिले जोडी बाँध्ने सम्भावना छ ।

अर्कोतर्फ वर्ष २०७९ साल यी दुईका लागि खास हुनेवाला छ । यो वर्ष उनीहरु बिहे गर्ने योजनामा छन् भने सौगातले निर्माण गरेको पहिलो फिल्म ‘राधा’ भदौ १० गते प्रदर्शन तयारीमा छ ।