हवाईजहाजको म्युजियम- म्युजियम हेरेर हवाईजहाज बनाउन पो मन लाग्यो त🤣

बैज्ञानिक महाबिर पुन लेख्नु हुन्छ !
हवाईजहाजको जन्म देखि अहिले सम्म बनेका अत्याधुनिक हवाईजहाजहरु भएको म्युजियम Dayton, Ohio भन्ने ठाउँमा पुरा तिन घण्टा लगाएर हेरियो । हवाईजहाजको आविष्कार गर्ने Oliver र Wilbur Wright भन्ने दाजुभाई ले १२ कक्षा सम्म पढेका थिए र साइकल बनाउने र मर्मत गर्ने काम गर्थे । उनीहरुको म्युजियममा उनीहरुले बनाएको साइकलहरु र उडाएको पहिलो हवाईजहाज पनि हेरियो । त्यति बेला पनि अमेरिकामा

Harvard, MIT, Stanford, Cornell, New York जस्ता प्रशिद्ध बिश्वबिद्यालयहरु थिए र ईन्जीनियरिंग बिषयमा PhD गरेका थुप्रै विद्वानहरु पनि थिए, तर उनीहरुले हवाईजहाजको आविष्कार गर्न सकेनन ।
त्यसैले बिश्वबिद्यालय पढ़ेकोले मात्र आविष्कार तथा अनुसन्धान गर्न सक्छन भन्ने भ्रम हटाउनु होस् । बिश्व बिद्यालय नपढेको तर शीप र आइडिया भएका जो सुकैले पनि राष्ट्रिय आविष्कार केन्द्रमा आएर अनुसन्धान र आविष्कार गर्न सक्नु हुनेछ । तपाइंले आफैले अनुसन्धान गर्ने हो र त्यसलाई व्यवसायीकरण गर्ने हो । आविष्कार केन्द्रले सकेको मदत गर्नेछ।