केपी ओलीले देखाए स्वस्तिमा खड्काको फिल्म चिसो मान्छे हेर्ने इच्छा !

काठमाडौँ । निर्मात्री शर्मिला पाण्डे नेकपा एमालेमा प्रवेश गर्ने तयारीमा छिन् । फिल्म ‘आमा र चिसो मान्छे’की निर्मात्री पाण्डेले सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर पार्टी प्रवेशको कुरा गरेकी हुन् ।

सोमबार अध्यक्ष ओलीको निवास पुगेर शर्मिलाले भेटे लगत्तै ओलीले शर्मिला जस्तो सक्रिय महिला पार्टीमा आउँदा पार्टीलाई फाइदा हुने प्रतिक्रिया दिएका थिए । सो अवसरमा शर्मिलाले आँफु पहिलेदेखि नै एमाले समर्थित मानिस भएको र अब भने सक्रिय रुपमा पार्टीमा लाग्ने र फिल्म पनि बनाउने योजनाका बारेमा खुलेर कुरा राखिन् ।

निर्मात्री पाण्डेको यसै साता एमालेमा प्रवेश गर्ने तयारी रहेको छ । सो अवसरमा अध्यक्ष ओलीले पाण्डेले निर्माण गरेको फिल्म ‘चिसो मान्छे’ हेर्ने चाहना राखेको निर्मात्री पाण्डेले जानकारी दिइन् ।

अध्यक्ष पाण्डेले चाडै नै फिल्मको शो आयोजना गर्ने पनि बताइन् । निर्मात्री पाण्डेले सो भेटको अवसरमा आगामी ५ बर्षपछि टिकट पाए निर्वाचन लड्नेसम्मको इच्छा देखाइन् ।