ह्याप्पी साउने सक्रान्ति।

जानकी पन्तजी सामाजिक संजाल मा लेख्नु हुन्छ |
ह्याप्पी साउने सक्रान्ति। सम्पूर्णमा यस शुभ दिनको हार्दिक शुभकामना💐💚🙏 भगवान शिव शंकर भोलेनाथ को कृपा सबैलाई रहोस। 👏👏 साउन महिना वर्षा, प्रेम र झरीको सङ्गम को महिना रहे संगै यसको खास प्राकृतिक र आध्यात्मिक महत्व जुडेको छ। शास्त्रमा साउन महिनालाई महिलाहरूको शक्तिको महिना मानिएको छ । यस महिनामा शिवलिंग पूजाको विशेष महत्व छ । श्रावण महिना सुरु भए सगै यस महिनमा पर्ने सोमवारको पनि त्यहितकै महत्व रहेको छ । साउन महिनाको हरियो रङ्ग हाम्रो धर्ममा उर्वर शक्तिका रूपमा मानिने गरेको छ । साउनमा हरियो चुरा, पोते, साडी अनि मेहन्दी महिला हरु लाइ शुभ मानिन्छ। बैज्ञानिक मान्यता अनुसार हरियो रङ्गलाई शीतलता र स्फूर्ति प्रदान गर्ने रङ्ग मानिन्छ, साथै यो रङ्गले हाम्रो आँखालाई पनि फाइदा पुर्याउछ। साउन महिनामा भएको प्रकृति परिवर्तनले हाम्रो हर्मोन नै परिवर्तन गरिदिने गर्दछ जसको प्रभाव हाम्रो शरीर तथा मनमा परेको हुन्छ । जसले शरीरमा जोस, जागर र काममा भावना दिन्छ ।

साउन शिवजीसँग जोडिएको महिना हो । विशेष गरी साउनको सोमबार शिवजीको व्रत एवं पूजा गर्ने चलन छ । पार्वतीले साउन महिनाभरि निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको किम्वदन्ती सुनेका हुनाले महिलाहरूले यसलाई बढी महत्त्व दिन्छन् । साउन महिनामा शिवको पूजा गरे सबै देवताको पूजा गरेबराबर फल प्राप्त हुन्छ भन्ने सनातन विश्वास छ । साउन महिना धार्मिक, प्राकृतिक एवं सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण भएकाले यो महिनालाई विशेष रूपमा लिइन्छ। साउनको महिना व्रत बसी शिवको पूजा गरे आफू, श्रीमान, सन्तान एवं परिवार सबैको कल्याण हुने धार्मिक विश्वास छ । महिनाको अरू दिन नसके पनि सोमबार व्रत बसी शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ ।
#janakipantjoon #ॐनमःशिवाय #StayBlessed