सेक्स दृश्यहरू धेरै पीडादायी – ‘फिफ्टी शेड्स अफ ग्रे’ की अभिनेत्रीले खुलाईन् सुटिङको कहानी

काठमाडौं । हलिउड अभिनेत्री डकोटा जोन्सन सन् १९९९ देखि चलचित्र क्षेत्रमा काम गरिरहेकी छिन् ।

तर, सन् २०१५ मा उनको अमेरिकी कामुक फिल्म ‘फिफ्टी शेड्स अफ ग्रे’ रिलिज भएपछि उनी विश्वभर चर्चित भइन् ।

फिल्ममा, उनले अनास्तासिया (एक मीठो र सरल केटी) को भूमिका निभाएकी थिइन् ।

उनी अर्बपति क्रिश्चियन ग्रेसँग सम्बन्धमा परेकी हुन्छिन्, जसलाई हिंसात्मक सेक्स मन पर्छ ।

क्रिश्चियन ग्रेको भुमिकामा जेमी डोर्नन थिए । डकोटाले उक्त फिल्मका लागि खिचिएका सेक्स दृश्यको बारेमा यसअघि नै कुरा गरिसकेकी छिन् ।

एक पटक उनले जेमीसँग यी दृश्यको सुटिङका ​​क्रममा आफूले सहनुपरेको पीडा बताएकी थिइन् ।

२०१५ को एक अन्तर्वार्तामा, डकोटा जोनसनले ‘फिफ्टी शेड्स अफ ग्रे’ मा यौन दृश्यको बारेमा कुरा गरिन्, जसमा जेमी डोरननले उनलाई ओछ्यानमा फ्याँक्छन् । यो कुरा स्मरण गर्दै डकोटाले भनिन्, ‘जेमीले मलाई ओछ्यानमा फ्याँकेपछि कोर्रा हाने, त्यो धेरै पीडादायी थियो ।

हामीसँग यी सबै दृश्यहरूको एक रिल हुन्थ्यो ।’ डकोटाले यो दृश्यमा १७ वटा टेक भएको पनि बताइन्, जसकारण उनको टाउको दिनभरि हानियो र अन्त्यमा उनले आफ्नो घाँटी पनि हल्लाउन नसक्ने अवस्था आएको थियो ।

फिल्मको अर्को दृश्य सम्झाउँदै डकोटा जोन्सनले भनिन्, ‘एकपटक हामी भान्साकोठामा एउटा दृश्य गर्दै थियौं, म क्याबिनेटभित्र लुक्नुपर्ने थियो । मैले त्यसलाई ह्यान्डलले तानेँ तर यो मूल क्याबिनेट थिएन ।

सिंगो सेट ममाथि खस्यो ।’ सेक्स दृश्यले सेटको वातावरण निकै तनावपूर्ण बनाउने कुरा पनि उनले स्मरण गरिन् । तर चोट लागेको कारण तनाव केही कम हुने गरेको डकोटाले बताइन् ।

डकोटा भन्छिन्, ‘कहिलेकाहीँ म अलिकति स्तब्ध हुन्थे र सेटबाट बाहिर निस्कन्थे । घर आउँदा आफैं कार चलाउँदा र रातमा एक गिलास रक्सी पिउनाले यो अलि कम हुन्थ्यो ।’

डकोटा जोनसनले २०१७ मा आएको सिक्वेल (भाग) ५० शेड्स अफ ग्रे र २०१८ मा आएको फिफ्टी शेड्स फ्रिडमा अनास्तासिया स्टिलको भुमिका निभाइन् ।

पहिलो फिल्ममा, ग्रे र अन्ना भेट्छन् र सेक्स सम्बन्ध राख्छन्, दोस्रो फिल्ममा उनीहरूको रोमान्स पुनः जागृत हुन्छ । तर तेस्रो फिल्ममा दुवैले विवाह गरेर आफ्नो परिवारलाई अगाडि बढाउँछन् ।