पूर्व नासु मात्र हैन यी भारतीय अर्थ मन्त्रालय छिरेर ७५० वस्तुको कर परिवर्तन गराएको तथ्य खुल्यो

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको ठाडो आदेशमा बजेट निर्माणका बेलामा मध्यरातमा अर्थमन्त्रालयको बजेट महाशाखामा प्रवेश गरेर भारतीयले समेत कयौँ वस्तुको करको दर परिवर्तन गरेको खुल्न आएको छ ।

करको दर हेरफेर गर्ने दुई व्यक्तिको पहिचान खुलेसँगै अर्थमन्त्री शर्मा झनै विवादमा पर्नुभएको छ ।

मध्यरातमा बजेट महाशाखा प्रवेश गरेर करिब ७५० वस्तुको कर परिवर्तन गर्ने व्यक्ति रघुनाथ घिमिरे र अर्का व्यक्ति भारतीय नागरिक उपेन्द्र हेरावत रहेको तथ्य खुलेको हो । घुनाथ घिमिरे पूर्व नायब सुब्बा हुनुहुन्छ ।

भारतीय नागरिक हेरावत नेपालकै ठूलो घारानाको कम्पनीमा लेखा परिक्षक (सिए) को रुपमा कार्यरत रहेको खुल्न आएको छ । उहाँ त्यहि घरानाको निर्देशनमा करको दर हेरफेर गर्न बजेट महाशाखा पुगेको प्रमाणित भएको छ ।

मध्यरातमा करको दर हेरफेर गर्न पुगेका नेपालका ठूला व्यापारीक घरानाको तर्फबाट पूर्व नायब सुब्बा रघुनाथ घिमिरेसमेत पुगेको तथ्य यसअघि नै आएको छ । उहाँको पहिचान खुलेपनि अर्का व्यक्तीकोे पहिचान लामो समय रहस्यमै थियो ।

आगामी आर्थिक वर्षको बजेटमा दुई जना अनधिकृत व्यक्तिको संलग्नता रहेको आरोप लागेपछि बुधबार अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिइसक्नुभएको छ ।

यस प्रकरणबाट बच्न यस अघि अर्थमन्त्री शर्माले उक्त दिनको सिसिटिभि फुटेज डिलट गराएको आरोप छ । शर्मामाथि छानबिन गर्न बुधबार नै उच्च स्तरीय संसदीय छानबिन समिति गठन भएको छ । यसले ११ दिनमा सत्यतथ्य छानबिन गर्नेछ ।