प्रधानमन्त्री खाइदे भनिहाले भने तयार छु : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अबको प्रधानमन्त्रीको रुपमा आफूपनि अघि रहेको दावी गर्नुभएको छ ।

कान्तिपुर टेलिभिजनको टक शोमा बोल्दै थापाले अहिलेका शीर्ष नेतालाई अब फेरी पाँच बर्ष यो देशलाई छोड्नु हुन्न भन्नेमा आफू एकिन भएको स्पष्ट पार्नुभएको छ ।

तपाई अब प्रधानमन्त्रीको रुपमा संसदीय चुनावमा होमिने हो ? भन्ने प्रश्नमा अहिलेको नेतृत्वलाई देश छोड्नुहुन्न भन्नेमा म स्पष्ट छु, अरु कोही साथी अघि आउँनुभयो सबैलाई समेट्न सक्छु भन्नुभयो भने त्यो बेला छोड्नपनि तयार छु ।

तर कोही आउँनुभएन भने युवापंक्तिको नेतृत्व गर्दै आफू प्रधानमन्त्रीका रुपमा अगाडि रहेको बताउनुभयो ।

उहाँले कांग्रेस आफैमा गुम्सिएको अवस्थामा रहेको, चुनावी तालमेल गरेर जाने भएकाले पार्टीमा आउँने शक्तिप्रति भने आफू सचेत रहेको उहाँको भनाई छ ।