भियाग्रा ओभरडोजका अनेक घटना, घण्टौँसम्म उत्तेजना नघटेपछि गर्नुपर्‍यो लिंगको शल्यक्रिया

जुलाई ३ मा भारतको महाराष्ट्र राज्यको नागपुरमा २५ वर्षीय युवकको हृदयघातका कारण मृत्यु भयो । प्रहरी अनुसन्धानका क्रममा युवकको खल्तीबाट भियाग्राको चक्की फेला पर्यो । होटलमा प्रेमिकासँग सम्बन्ध राख्ने क्रममा भियाग्राको ओभरडोजका लिएको कारण उनलाई हृदयघात भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

जुन ४ मा उत्तर प्रदेशको प्रयागराजमा भियाग्रा ओभरडोजको कारणले घण्टौंसम्म लिंग उत्तेजना भएपछि २८ वर्षीय पुरुषले दुईपटक शल्यक्रिया गर्नुपर्यो । केही महिनाअघि बिहे गरेका ती युवकले साथीहरुको सल्लाहमा भियाग्राको ओभरडोज लिन थालेका थिए ।

यी दुई घटनाले भियाग्राबारे आम मानिसमा न्युन ज्ञान भएको देखाएको छ । भियाग्रालाई सामान्यतया सेक्स पावर बढाउने औषधि मानिन्छ, तर यो पूर्ण सत्य होइन । यहाँ भियाग्राबारे केही रोचक किस्सा र भ्रम तोड्ने प्रयास गरिएको छ ।

संयोगले आविष्कार भएको थियो भियाग्रा

सन् १९८९ मा अमेरिकी औषधि निर्माता कम्पनी फाइजरको एक अनुसन्धान टोलीले एन्जाइनाको (मुटुमा रगत आपूर्ति गर्ने नसाहरू साँघुरिने समस्या, जसले छाती दुख्ने र सास फेर्न गाह्रो हुन्छ) औषधिमा अनुसन्धान गरिरहेको थियो ।

फाइजरको अनुसन्धान टोलीले सिल्डेनाफिल नामक एक नयाँ यौगिक निर्माण गर्यो र केही पुरुषहरूमा परीक्षण गर्यो । परीक्षणका क्रममा सिल्डेनाफिलले मुटुको दुखाइ कम गरेन । यस्तोमा, फाइजरले यो अनुसन्धान परियोजनालाई टुङ्ग्याउने सोच बनाएको थियो ।
तर त्यही समयमा क्लिनिकल परिक्षणका सहभागी व्यक्तिले सिल्डेनाफिलको फरक प्रभाव उल्लेख गर्न थाले ।

वास्तवमा, परीक्षणमा भाग लिएका अधिकांश पुरुषहरूले तिनलाई नियमित दिइएको औषधिले तिनको लिंग उत्तेजित बनाएको महसुस गरे । तिनको यौन जीवनमा पनि सुधार आउन थालेको थियो ।

भियाग्रा खाएपछि कसरी बढ्छ उत्तेजना ?

फाइजरले मुटुमा रगतको प्रवाह गराउन बनाएको औषधिले लिंगको नसामा रगत प्रवाह बढाएको पाइयो । भियाग्रामा हुने नाइट्रिक अक्साईडले लिंगको माँसपेसीलाई खुकुलो बनाएर तिनमा रगतको प्रभाव बढाउँछ । शारिरमा यौन उत्तेजनाको समयमा यो रसायन प्राकृतिक रुपममा निस्कने गर्छ ।

खासमा वैज्ञानिकहरुले शारिरमा नाईट्रिक अक्साईड रिलिज भएर मुटुको माँसपेसीमा रगतको वहाब बढ्ने आसा गरेका थिए ।

यी नतिजाहरू पछि, फाइजरले सिल्डेनाफिललाई इरेक्टाइल डिसफंक्शन अर्थात् लिंग उत्तेजित नहुने समस्या भोगिरहेका पुरुषहरुमा प्रयोग गर्न थाल्यो, जुन सफल भयो ।

परिणाम स्वरुप कम्पनीले सन् १९९६ मा यो औषधिको पेटेन्ट लियो र सन् १९९७ मा उसले अमेरिकाको औषधीलाई स्वीकृत गर्ने सस्था ‘युएस फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए)’बाट प्रयोगका यसको आम प्रयोगको लागि आवेदन दियो ।

एफडीएले सन् १९८८ मार्च २७ मा मेडिकल प्रयोगको लागि सिल्डेनाफिल नामक औषधिलाई स्वीकृत गर्यो । सिल्डेनाफिलको ब्रान्ड नाम हो, भियाग्रा हो । अप्रिल १९९८ बाट यो औषधि अमेरिकी मेडिकल स्टोरहरूमा पुग्न थाल्यो ।

सार्बजनिक भएको दुई वर्षमा १ अर्ब डलर बढीको विक्री

यौन उत्तेजना बढाउने औषधि भियाग्रा प्रयोगमा आउनेबित्तिकै यसले ठूलो सफलता पायो । बजारमा आएको सुरुवाती तीन महिनामा, अमेरिकामा ३० लाख मानिसहरूलाई डाक्टरहरूले भियाग्रा सिफारिस गरेका थिए ।

भियाग्राको लोकप्रियता यस्तो थियो कि विश्वव्यापी बिक्री सुरु हुनुअघि नै कालोबजारीमार्फत इजरायल, पोल्याण्ड, साउदी अरबमा यसलाई वास्तविक मूल्यभन्दा पाँच गुणा बढी मूल्यमा बिक्री गर्न थालिएको थियो । त्यसबेला भियाग्राको मूल्य लगभग १० डलर थियो ।

सन् १९९८ बाट अमेरिकाबाहिर युरोपमा यसको विक्री सुरु भएको थियो । यसको सुरुवातको दुई वर्ष भित्र, भियाग्राको वार्षिक आम्दानी एक अर्ब डलर नाघेको थियो ।

भियाग्रालाई प्राय सेक्स टनिक सोचिन्छ, जुन गलत हो

– भियाग्राको बारेमा मानिसहरूको दिमागमा धेरै गलत भ्रमहरु छन् । जस्तो भियाग्रा प्रयोग गर्ने अधिकांश मानिस यसले सेक्स पावर बढाउछ भनेर टनिकका रुपमा खान्छन् । तर विज्ञहरूका अनुसार त्यस्तो होइन । भियाग्राले न त मानिसमा सेक्सको इच्छा बढाउँछ। यसले नपुंसकता पनि निको गर्दैन ।
– भियाग्राले ती व्यक्तिहरूलाई मात्र मद्दत गर्छ जसमा यौन उत्तेजना भएर पनि लिंगको उत्तेजना कायम राख्न सक्दैनन् । र यसले प्रयोग गरेको निश्चित अवधि मात्र प्रभाव गर्छ ।
– भियाग्राले न त गर्भावस्थालाई रोक्छ न यसले एचआईभीजस्ता यौन रोगको विस्तारलाई नै रोक्न सक्छ
– केही मानिसले भियाग्रालाई पार्टी ड्रगको रूपमा समेत सोच्छन् जुन सोच पूर्ण रूपमा गलत हो ।
– सामान्यतया डाक्टरहरूले भियाग्राको २५–३० मिलीग्रामको डोज लिन सिफारिस गर्छन् । तर मानिसहरु धेरै खाए धेरै उत्तेजना हुने भ्रममा बढि डोज लिईदिन्छन् ।

– उदाहरणका लागि, प्रयागराजका लामो समय उत्तेजना भएका युवकले एक दिनमा २५० मिलीग्राम भायग्रा लिएका थिए, जसले गर्दा उनलाई घण्टौंसम्म लिंग उत्तेजित रहने समस्या प्रियापिजम भयो जुन धेरै पीडा हुन्छ । समयमा उपचार नगरिएमा यसले गर्दा व्यक्ति स्थायी रूपमा नपुंसक हुन पनि सक्छ ।

–चिकित्सकका अनुसार ७०–८० प्रतिशत पुरुषमा देखिने यौन समस्या मानसिक हुने भएकाले तिनलाई भियाग्रा सिफारिस गरिँदैन ।

–२०–३० प्रतिशत पुरुषहरूलाई मात्र शारिरिक कारणले उत्तेजना नहुने समस्या हुन्छ, उनीहरुलाई भियाग्रा प्रयोगको गर्ने सल्लाह दिइन्छ, त्यो पनि उचित मात्रामा ।