करका दरमा कैंची चलाएर दुइसय डलर पर्ने बस्तुलाई तीनसय डलर तिरेर किन्न पाउने ब्यबस्था मिलाई दिने सरकारको जय जय

काठमाडौं २२ असार । नेकपा एमालेका नेता तथा पुर्व मन्त्री गोकुल बाँस्कोटाले अर्थमन्त्री जनार्दन शर्मा माथि आलोचना गरेका छन् ।

करका दरमा कैंची चलाएर दुइसय डलर पर्ने बस्तुलाई तीनसय डलर तिरेर किन्न पाउने ब्यबस्था मिलाई दिने सरकारलाई जय जय भन्दै नेता बाँस्कोटाले आलोचना गरेका छन् ।

उनले भनेका छन्, ‘सय डलर फेरि हुण्डी मार्फत तिनै बस्तु आयातकर्ता ब्यापारीका हातमा आउने प्रबन्ध मिलाई दिने पनि सरकार अनि डलर सटहीबाट तीनै ब्यापारीलाइ ८५ मुनाफा कमाउन दिने पनि सरकार।जय जय जय सरकार!!!’

उनले भनेका छन् , ‘करका दरमा कैंची चलाएर दुइसय डलर पर्ने बस्तुलाई तीनसय डलर तिरेर किन्न पाउने ब्यबस्था मिलाई दिने सरकार।सय डलर फेरि हुण्डी मार्फत तिनै बस्तु आयातकर्ता ब्यापारीका हातमा आउने प्रबन्ध मिलाई दिने पनि सरकार अनि डलर सटहीबाट तीनै ब्यापारीलाइ ८५ मुनाफा कमाउन दिने पनि सरकार।जय जय जय सरकार!!!’