‘कोही रोइदियो भने माओवादीको केन्द्रीय सदस्य बन्ने अवस्था आयो’

नेकपा माओवादी केन्द्रका बागमती प्रदेश कमिटीका अध्यक्ष सरल सहयात्रीले माओवादी पार्टी भावुक भएको टिप्पणी भएका छन् । कसैले रोइकराई गरेकै आधारमा योग्यता नभएका नेताहरु पनि केन्द्रीय समिति सदस्य बन्ने अवस्था आएको उनले नेतृत्वप्रति कटाक्ष गरे ।

‘माओवादी पार्टी भावुक पार्टी बनेको छ । कोही रोइदियो भने केन्द्रीय सदस्य बन्ने अवस्था छ’, उनले केन्द्रीय समिति बैठकमा भनेको एक नेताले बताए । उनले तत्काल पदाधिकारी चयनका साथै स्थायी कमिटी, पोलिटब्युरोलगायत पनि गठन गरिनुपर्नेमा जोड दिए । उनले पार्टीमा बेतिथि मौलाएको भन्दै त्यसको बेलैमा हल खोजिनुपर्नेमा जोड दिए । सहयात्रीले बागमती प्रदेशको तर्फबाट केन्द्रीय समितिमा रिपोर्टिङ गरेका हुन् ।