केपी र बाबुराम यस्तो छ भित्री तयारी, प्रचण्ड र शेर बहादुरको जाने भयो सातो !

जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई जसपा फुटाउने तयारीमा जुटेका छन् । अध्यक्ष उपेन्द्र यादवसँगको समझदारीमा नै भट्टराई जसपाबाट अलग हुन लागेका हुन् ।

पार्टीमा विवाद चुलिएसँगै यादव र भट्टराईबीच पानी बाराबारको अवस्था थियो । यादवले एकलौटी निर्णय गरेको र सामूहिक नेतृत्बाट पार्टी चलाउन नसकेको भन्दै भट्टराई पक्षले दबाब सिर्जना गरेको थियो ।

पछिल्लो समय यादवले बहुमत कार्यकारिणी समितिका सदस्यहरुको बैठक राखेर पार्टीमा आफ्नो एकल हस्ताक्षरमा निर्णय गराउनेबारे निर्णय लिएका थिए । यसले भट्टराईलाई नै सशंकित बनाएको कतिपयको चर्चा छ ।

जसपाबाट अलग हुनुअघि भट्टराईले राजनीतिक भेटवार्तालाई तिव्रता दिएका छन् । यो बीचमा उनले नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहालसँग पनि थुप्रैपटक भेटवार्ता गरेका छन् ।

यो भेटलाई कतिपयले दाहाल र भट्टराईबीच पूनः सहकार्यको सम्भावनाबारे पनि चर्चा गर्न थालेका छन् । उनीहरु उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा भेटवार्तामा बसेको चर्चा चलेको छ ।

दाहालसँगको भेटवार्ताकै दौरान भट्टराईले आगामी निर्वाचनमा एमालेसहितको नयाँ मोर्चा बनाउनेगरि पनि छलफल अघि बढाएको पाईएको छ ।

उनले एमाले, आफूहरु र महन्थ ठाकुर नेतृत्वको लोसपाको छुट्टै गठबन्धन बनाउनेबारे प्रस्ताव गरेको बुझिएको छ । एमालेसँगको सहकार्यको लागि लोसपा पनि सकारात्मक रहेको छ ।

एमालेले पनि चुनावी सहकार्यको लागि सकारात्मक सन्देश दिएको बुझिएको छ । लोसपाका अध्यक्ष ठाकुरले एमाले, लोसपा र बाबुराम पक्ष मिलेर चुनावमा जाँदा राम्रो नतिजा आउने भन्दै यसबारेमा छलफलको माध्यमबाट एउटा निश्कर्षमा पुग्न सकिने बताएका छन् ।

सभामुख सापकोटा र मलेसियाका उपसभामुख रसिदबीच भेटवार्ता

सभामुख अग्निप्रसाद सापकोटा र मलेसियाका उपसभामुख मोहमद रसिद हसनबीच भेटवार्ता भएको छ । उनीहरूबीच अजरबैजानको राजधानी बाकुमा असंलग्न आन्दोनको संसदीय सञ्जालको सम्मेलनका क्रममा शनिवार साँझ भेटवार्ता भएको सभामुख सापकोटाका स्वकीय सचिव गोविन्द पाठकले जानकारी दिए ।

भेटमा सभामुख सापकोटाले नेपाल र मलेसियाबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै द्विपक्षीय सम्बन्ध मैत्रीपूर्ण र सौहार्द रहेको चर्चा गर्दै दुबै देशले असंलग्नताको नीतिमा विश्वास गरेको र संयुक्त राष्ट्र संघको आदर्शमा प्रतिवद्ध रहेको बताए ।

सभामुख सापकोटाले मलेसियाले सन् २००१ को सुरुदेखि नै नेपाललाई विदेशी कामदारहरूको स्रोत देशको रूपमा मान्यता दिएर ठूलो संख्याका नेपाली कामदारलाई रोजगारी दिएकोमा धन्यवाद दिए । उनले मलेसिया नेपालको प्रमुख व्यापारिक साझेदार रहेको चर्चा गर्दै दुई देशबीच पर्यटन प्रवद्र्धनको सम्भावनामा जोड दिए ।

मार्च २००३ देखि सुरु भएको दुई देशका राजधानीबीचको सिधा हवाई सम्पर्कले दुवै देशका नागरिकलाई अझ नजिक ल्याउन सहज भएको उनको भनाई थियो ।

भेटमा मलेसियाका उपसभामुख मोहमद रसिद हसनले नेपाल मलेसियाको असल मित्र रहेको बताउँदै सभामुख र नेपाली संसदीय प्रतिनिधि टोलीसँगको भेटप्रति खुसी व्यक्त गरे । सो भेटमा नेपाली प्रतिनिधि टोलीका सदस्यहरू पुष्पा भुसाल गौतम, रामचन्द्र राई र सभामुखका स्वकीय सचिव गोविन्द पाठक सहभागी थिए ।