जनता समाजवादीसँगको सहकार्य सकियो, अब बाँकी जीवन सुशासन, समृद्धि र समाजवाद यात्रामा लाग्नेछु : बाबुराम

काठमाडौं १८ असार । जनता समाजवादी पार्टी ९जसपा० नेपालका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष उपेन्द्र यादवसँगको सहकार्य सकिएको बताएका छन् ।

शनिबार बिहान गोरखा–काठमाडौँ सम्पर्क संयन्त्रको तेस्रो भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै डा। भट्टराईले यस्तो बताएका हुन् ।

पुरानै ढंगको कार्य शैली, पुरानै स्वाभाव र प्रवृती केही मान्छे सत्तामा जाने मन्त्री हुने, सत्ताको वरिपरी मात्रै घुम्ने र निश्चित मान्छे पार्टीभित्र हाबी हुने संस्कृती पार्टीमा पनि हावी भएको बताएका भट्टराईले भने, ‘नयाँ सोच, नयाँ विचार, नयाँ शक्ति पार्टीको मिसन र वैकल्पिक शक्ति निमार्णको योजना जनताबीच लोकप्रिय देशको निम्ति टट्कारो आवश्यकता हुँदाहुँदै आज कताकता छायामा परेको अनुभूति भइरहेका छ ।’

जसपासँग सहकार्य सकिएकाले आगामी दिनमा विचार मिल्ने पार्टीसँग सहकार्य हुने बताएका भट्टराईले आफूबाट पनि केही गल्ती र त्रुटी भएको बताएका छन् ।

अब बाँकी जीवन सुशासन, समृद्धि र समाजवाद यात्रामा लाग्ने बताउँदै उनले भने , ‘बेला बेलामा म झस्किने पनि गर्छु, नेपालमा वैकल्पिक शक्ति निर्माणको थालनी गरेको, म आफू माथि पुग्न लागेको, तर कार्यकर्तालाई खस्न लागेको जस्तो महसुस भएको छ’ ।

अब आफु वैकल्पिक पार्टी निर्माणको अभियानबाट नभाग्ने उनले बताएका छन् ।