शिल्पाले पिडा पोख्दै भनिन्- २२ वर्षको हुँदा अक्षयसँग भर्जिनिटी गुमाए तर उसले धोका दिएर गयो….

शिल्पा शेट्टीले २२ वर्षको उमेरमा आफ्नो भर्जिनिटी गुमाएकी थिइन् भन्ने थाहा पाउँदा छक्क पर्नुहुनेछ । यो ९० को दशकको समय थियो जब अक्षय कुमार र शिल्पा शेट्टी दुवैलाई बलिउडको उदीयमान सुपरस्टार मानिन्थ्यो। यही कारणले गर्दा जब उनीहरुको अफेयरको खबर बाहिर आयो तब धेरै हेडलाइन बनेको थियो । दुबै एकअर्कालाई निकै माया गर्ने गरेका थिए ।

जब शिल्पा शेट्टी लन्डनको टिभी शो बिग ब्रदर गरिरहेकी थिइन्, त्यो समयमा उनले अक्षय कुमारसँगको आफ्नो सम्बन्धको बारेमा धेरै गोप्य खुलासा गरेकी थिइन् ।

उनले त्यही शोमा मात्र २२ वर्षको उमेरमा अक्षय कुमारसँग आफ्नो भर्जिनिटी गुमाएको चकित पार्ने खुलासा गरेकि थिईन् । भनिन्छ, अक्षय कुमार र शिल्पा शेट्टी पहिलो भेटमै एकअर्काबाट प्रभावित भएका थिए । फिल्म मै अनारी तु खेलाडीको सेटबाट सुरु भएको थियो । यही फिल्मको सुटिङका क्रममा यी दुईको पहिलो भेट भएको थियो । यी दुईको जोडी सन् १९९७ मा रिलिज भएको फिल्म बिस्टमा फेरि आमनेसामने भएको थियो ।

पत्रपत्रिकामा यी दुईको प्रेमकथा प्रायः आउन थाल्यो । त्यही क्रममा अक्षय कुमार र शिल्पा शेट्टीले बिहे पनि गरेको खबर आएको थियो । त्यति मात्रै होइन, त्यस क्रममा अक्षयले आफ्नो एक विशेष साथीलाई यो पनि भनेका थिए कि शिल्पा स्क्रिनमा जति सरल र निर्दोष देखिन्छिन्, उनी ओछ्यानमा त्यति नै सक्रिय हुन्छिन् । तर, दुवैको आपसी प्रेमका बाबजुद यो प्रेम सम्बन्ध लामो समय टिक्न सकेन र चाँडै नै दुवै एकअर्काबाट अलग भए ।

भनिन्छ, राजेश खन्नाकी छोरी ट्विंकल खन्ना त्यतिबेला अक्षय कुमारसँग निकै नजिक थिइन् । यही कारण हो अक्षय कुमार र शिल्पा शेट्टीको ब्रेकअप ।अक्षय कुमारले ट्विंकल खन्नासँग विवाह गरे भने शिल्पा शेट्टीले पनि व्यापारी राज कुन्द्रासँग बिबाह गरिन् ।