वामदेव गौतमको नयाँ पार्टीबारे खगेन्द्र संग्रौलाले गरे यस्तो कडा टिप्पणी

काठमाडौं । बरिष्ठ साहित्यकार खगेन्द्र संग्रौलाले वामदेव गौतमले कासी जाने बेलामा पार्टी खोलेको बताएका छन् ।वामदेव गौतमले कासी जाने वेलामा पार्टी खोलेकोले दुनिया यसैमा चकित भएको र बुढो पुस्ताले, संवेग, विचार, क्रियाशीलमा सुस्त भएको पुस्ताले सधै राजनीति संस्था ओगटेको तर नेपाली समाजले गति नलिएको आलोचना सुनेको भए वामदेव गौतमले पार्टी नखोल्ने बताएका छन् ।

वामदेव गौतम गम्भिर राजनीति चिन्तन नभएको एउटा सोझो मान्छे भएकोले अहिले अहंकार, स्वार्थ र द्धन्द्ध भएको पार्टी गुटलाई सजिलै मिलाउने कुरा गरेकोले त्यो कविको भावुक कल्पना जस्तो भएकोले वामदेव गौतमले राजनीतिमा जटिलता, गहनता र मूंल्यता नबुझेर यस्तो कुरा गरेको उनले बताए ।

केपी शर्मा ओली, प्रचण्ड र माधव नेपाल सबैको प्रिय हुन खोजेकोले ओली र प्रचण्डको बीचमा मतभेद भएकोले मिलाउने ठाउँ नभएको तर वामदेव गौतम चाही मिलाउनको लागि मरिमेटि गरेको र कम्युनिष्ट फुटाउन वामदेवको हात नभएको किन कि कुनै संगठन गुट नभएकोले यस्तो गर्ने नसक्ने उनको भनाई छ ।

केपी शर्मा ओली राजनीति, प्रवृति, लोकतन्त्र, गणतन्त्र र संघियता पक्षको विरोधी नभएको संविधान लेख्ने बेलामा केपी शर्मा ओलीको हात बढी भएको र दुई पटक संसद विघटन गरेकोले अहिले व्यवस्था अन्र्तगतको विधि, नीति र मर्यादाहरु प्रति केपी शर्मा ओलीको निष्ठा र आस्था नदेखिएको बताए ।

उनले भने, ‘केपी शर्मा ओली प्रधानमन्त्री भए पछि, राज्यका तपाईको सबै तपाईको अख्तियार युक्त समेत निकायहरुलाई बालुवाटारमा लागेर थुर्पानु भो के, नितको स्वतेता हरण गरियो त्यसले पनि के देखाउछ, भने गणतन्त्र र लोकतन्त्रको विधि व्यवस्था जनअधिकार त्यसको पार्दशिता त्यसको खुल्लापना व्यापक जनताको सहभागिता व्यापक जनताको कल्याणको पक्षमा, उहाँले त्यो सोचेको गरेको लाग्दैन, क्या समग्र शक्ति आफनो मुठिमा लिने, पार्टीको सिंगो शक्ति, आफनो मुठिमा राज्यको सिंगो शक्ति पनि, आफनो मुठिमा त्यो त के भने नाम अर्को भए पनि हुन,खोजेको त राजै हो नि १ ।

अहिले प्रचण्डले बोल्दा मान्छे हास्ने पार्टी एकताको कुरा कम्युनिष्ट मिलाउने समाजवादमा जाने कुरामा अरु मान्छे हासने र अहिले आफुले आफैलाइ सिध्याएको उनको भनाई छ ।प्रचण्ड र बाबुराम आएर सांसद हुनको लागि आफुलाई आग्रह गरेको र माओवादीले पनि आफुलाई जनयुद्धको बेलामा कार्वाही गर्न आटेको बताए ।

शेरबहादुर देउवा प्रधानमन्त्री भएपनि कहिले पनि प्रभावकारी ढंगले दुनियाको हाई–हाई गर्ने गरी काम नगरेको र बोली नबुझनु पनि राम्रो भएको कि न भने बुझर्नु पर्ने कुरा नभएको बताएका छन् ।

माधव नेपाल चिन्तक नभएको योजनाकार पनि नभएको तर गजबको व्यवस्था भएको र आफुले देखेको कम्युनिष्टहरुमा अत्यन्तै समर्पित व्यवस्थापक सक्रिय रहिरहने, अब माधव नेपालको पार्टी नबन्ने बताए ।

बाबुरामले आफुले आफैलाई गलत ठाउँमा राखेको एउटा विधवान भएको तर पार्टीको उदेश्य, सिद्धान्त र संरचनामा बाधेर राख्न नसकेकोले संगठन नबनेकोले पार्टी भत्काउदै फेरदै गएकोले अब राजनीतिको भविष्य सकिएको उनले बताएका छन् ।

बालेन शाहको धेरै आलेचना नगरेको ज्योतिषबाट शक्ति प्राप्त गर्ने इश्वरको भक्ति गर्ने भन्ने कुराहरुलाई विश्लेषण गर्दा सुरुमा आफुलाई राजावादी जस्तो लाग्ने सन्देश भएको बताए ।

स्वतन्त्रहरु अहिले दुई थरीको भएको एक थरी मौसमी सचेतक मौसमी भुईफुटुवाहरु दुई थरी भएको बालेन शाह चाही मौसमी सचेतक भएको पहिला देखिनै विचार, योजना सहित आएको उनको भनाई छ ।

पार्टीका नेताहरुको क्रियाकलाप र बदनाम भएकोले पार्टीको शासक प्रति जनताको विश्वास घटेको हुनाले प्रतिक्रियाकोरुपमा उदय भएको तर धेरै काम गर्ने नसक्ने काम असफल बनाउनको लागि सबै पार्टीहरु मिलेर मरिमेटि लाग्ने उनले बताएका छन् ।रवीन्द्र मिश्रले आफुले आफैलाई धोका दिएको चिन्तनमा राजावादी र हिन्दुवादी भएकोले आफैले ढाटेर गएको र रवीन्दू मिश्र भुईफुटुवा भएको बताए ।