पूर्वमाओवादीबिच एकताको कुरा कति भ्रम कति सत्य ?

काठमाडौं – नेपालमा पुन कम्युनिष्ट एकताबारे बहस हुँदै गर्दा शिर्षस्थ नेताहरु भने जुहारीमाव्यस्त देखिएका छन । समय र परिस्थीले एकताआवश्यक रहेको बताउने उनीहरु कस्तो एकताभन्ने विषयमाभने अलमल देखिन्छन ।

स्थानीयतहनिर्वाचनको मत परिणामसंगै देशमा कम्युनिष्ट एकताको वहस चलिरहँदाएमाले अध्यक्ष केपीशर्मा ओलीले दिएको अभिव्यक्तिहो यो ।

दोश्रो तहका नेताहरु कम्युनिष्ट एकताको वहसमाव्यस्त रहँदाउनीहरुलाई नै कारबाहीगर्न लगाउने ओलीले नेकपा फुटको दोष माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लगाउँदै आएका छन् ।

एमालेले कुनै समुहलाई पनि नलखटेको बताएकाउनले पार्टी एकताका बेलादिएको सिट संख्यालाई चरम दूरुपयोग गरेर प्रचण्डले आफूलाई साधारण सदस्यबाट समेत निस्काशन गरे पनिआफूले त्यसलाई जोगाएर अघि बढाएको दावी गरेका थिए ।

तर गतसोमबार नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको कार्यक्रममाबोल्दै प्रचण्डले यसको खण्डन गरे । कम्युनिस्टहरू बिग्रिए संसारकै सबैभन्दाकामनलाग्नेमा परिणत हुने बताएकाउनले संविधान र समाजवादलाई सफलबनाउनवाम गठबन्धन र पार्टी एकता गरे पनि सबै उपलब्धिकेपीशर्मा ओलीका कारण बरबादभएकोबताए ।

कम्यनिष्ट राम्रा हुन्छन् भनेर एकता गरेको भएपनिसहयोद्धालाई देखि नसहने, बैठक, छलफल बहस गर्नै नपर्ने तथा भ्रष्टाचारको पराकाष्ठा पार गर्ने ओलीको वानीका कारण एकतानटिकेको प्रचण्डको भनाई थियो । तर यहि दोहोरीकावीचमाबुधबार प्रचण्डले बुधबार पुन एमाले भित्रकाहजारौं नेता–कार्यकर्तालाई एकीकृत गरैर लैजान सकिने अनुभवआफूले प्राप्त गरेको बताएका छन ।

तीनवर्षसँगै रहँदाआफूहरुले नेकपाएमालेमा बिउ रोपेर आएको भन्दै त्यो केही समयपछि फूल्ने र फल्ने बताएका छन् ।एमालेभित्रओलीनहुने हो भने हजारौंलाई समाजवादको यात्रामा डो¥याउन सकिने उनको विश्वास छ । उनको यो विश्वासको पनि कम्युनिष्ट एकताको पक्षमा रहेकै एमाले नेताहरुले प्रत्युत्तर दिएका छन ।

माओवादीको बिउ नउम्रिने बताएकाएमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालले माओवादीको बिउ, एमालेको बिउ, समाजवादीको बिउ अब यीबिउहरू न उम्रिनेभन्दै हाइब्रिड बिउको खोजीगर्नुपर्ने बताए। आजको आवश्यकता प्रचण्डले अझै नबुझेको बताएकाउनले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध पार्ने कसमभने खाएका छन् ।

हुन त आगामीनिर्वाचनमा कम्युनिष्ट एक नभएत्यसको क्षतिआफ्नो पार्टीमा पर्नेमाजानकार नै छन । ठुला प्रतिस्पर्धी आफ्ना लागीचुनौतीहुनसक्ने देखेका माओवादी नेताहरुले समेत कम्युनिष्ट एकता नै फलदायकहुने बुझेका छन भने वेलावेलाकांग्रेसलाई यसैको धम्कीदिदै आएका छन ।

तर ओलीबाहेकको एमाले मात्र स्वीकार्ने प्रचण्ड र प्रचण्डविनाको माओवादीमात्र स्वीकार्ने ओलीप्रवृत्तीयसको बाधक बनेको छ । यो ईगो साईजमाल्याउनवाह्य शक्ती र दोश्रो तहका नेताहरुको पछिल्लो दौडधुप कति सफल हुन्छ त्यसले आगामी सम्भावना तय गर्ने छ ।