शुन्य समर्थन, म एक्लै लड्छु : सन्दीप

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले ओन्टारियोसँगको अभ्यास खेलपनि कसैको समर्थन नभएको ट्वीट गरेका छन् । आईसीसी विश्वक लिग टू अन्तर्गत स्कटल्यान्ड भ्रमणमा रहेको नेपालली टोलीले शुक्रबार राति त्यहाँको लोकल क्लबसँग अभ्यास खेल खेल्दैछ ।

विश्वकप लिग टू को तयारीमा रहेको समयमा सन्दीपले शनिबार बिहान ट्वीट गर्दै आफूलाई शुन्य समर्थन भएको बताएका छन् । त्यसैले आफू यो लडाई एक्लै लड्ने बताएका छन् ।

‘शुन्य समर्थन, चिन्ता छैन, तिमीले यो लडाई एक्लै लड्नु पर्छ’, सन्दीपले ट्वीटमा लेखिएको छ ।

अन्य समयमा व्यक्तिगत कारण भए पनि सिरिजको समयमा कप्तानको यस्तो ट्विट आउनुले टिम भित्र सन्दीपलाई सहयोग नभएको बुझ्न सकिन्छ ।

नेपालले क्यानडासँग दुई एकदिवसीय खेल खेल्दैछ । त्यसपछि नेपाली टोली स्कटल्यान्ड प्रस्थान गर्ने छ । स्कटल्यान र नामिवियासँग नेपालले त्रिकोणात्मक सिरिज खेल्नेछ ।