‘बालेनको अल्पबुद्धीले राजनीतिमा दले र झोलेहरुकै हालिमुहाली हुने भयो’

काठमाण्डौं महानगरपालिकाका मेयर बालेन्द्र साहमाथि धेरैका आशा र अपेक्षा छन्। नयाँ सोच, प्रविधिको ज्ञान र दर्तावाला राजनीतिककर्मीको हैकम तोड्न सक्ने सामथ्र्य देखेर काठमाण्डौंवासीले उनलाई मेयरमा जिताए । त्यसमा पनि उनलाई सवैभन्दा वढि मायाँ गर्ने र उनीबाट आशा गर्ने तह भनेको गरिखाने वर्ग हो।

हुने खानेहरुलाई काठमाण्डौंमा जति समसया छन्, त्यसको तुलनामा कयौं गुणा समस्या गरिखाने वर्गले भोगिरहेका छन् । यही वर्गले नै हो, बालेन्द्रलाई मेयर बनाएर काठमाण्डौंको अवस्था परिवर्तन गर्ने सोच राख्ने। तर, बालेन्द्रको पछिल्लो निर्णयले यही वर्ग चिढिएको छ।

मेयर साहको चुनावी घोषणापत्र विपरित शुक्रवार बालुवाटार छेउको सडक किनारमा मकै पोल्न वसेका सिन्धुपाल्चोक मेलम्ची–१० का चेतेन्द्र आचार्य र उनकी पत्नी सीताको ठेला नगरप्रहरीले उठाएपछि अहिले उनको चर्को आलोचना भईरहेको छ।

आचार्य दम्पत्तिले त्यहाँ मकै र मौसमअनुसारका फलफूल बेच्न थालेको १४ वर्ष वित्यो। यस विचमा उनीहरुले किनेका पाँचवटा ठेला नगर प्रहरीले खोसिसक्यो। तर, बालेन्द्र मेयर भएपछि सहज होला भनेर सोचेका उनीहरुकै ठेला फेरी पनि प्रहरीले उठाएपछि आचार्य दम्पत्ति कुँडिएका छन् । नगर प्रहरीले शुक्रबार उनको गाडा उठाएको भिडियो भाइरल भएको छ ।

बालेन्द्रले आफनो घोषणा पत्रमा उपभोग अवधि वा समयअनुसार खुला ठाउँमा फुटपाथ व्यवसायको समय तालिका निर्धारण गरिने उल्लेख गरेका थिए। तर, घोषणापत्र कार्यान्वयन गर्नुको सट्टा महानगरले सडक छेउमा मकै पोल्नेहरुलाई काम गरेर खान नदिएको भन्दै चर्को आलोचना भइरहेको छ ।

बालेन्द्रले मेयरमा उम्मेदवारी घोषणा गरेदेखी अहिलेसम्म उनको समर्थनमा रहेका पूर्वसचिव भीम उपाध्यायले पनि महानगरको पछिल्लो निर्णयको विरोध गरेका छन् । यति मात्रै होईन, उनले यो कदमको चर्को मुल्य चुकाउने पर्ने चेतावनी समेत दिएका छन् । उनले फेसवुकमा लेखेका छन–‘काठमहानगरले हरियो मकै पोलेर बेचेर पेट पाल्ने गरिबहरूमाथि बर्बर हमला गरेको छ। यो पालिकाको आतंकबादी हमला सरह हो। सचेत रहोस् यसको चर्को राजनीतिक मूल्य चुकाउन पर्न सक्छ।’

उपाध्यायमात्र होईन, अधिकांशले महानगरेको यो कममको विरोध गरेका छन् । एक जना फेसवुक प्रयोग कर्ताले लेखेका छन्– ‘बालेन साह गरिब दुखिको लागि मशिहा नै हो भन्थे। तर आज त्यहि मशिहाको देशमा गरिबहरु आफ्नो केटाकेटीको पेट पाल्न फुटपाथमा मकै बेच्ने र लिलामी कपडा बेच्नेहरुलाई लछार पछार पार्दै जफत गरिएको छ। यहि देश हो, हुनेखानेले कैयौं सरकारी जग्गा देख्नै हुदैन कब्जा गरि खान्छन्। खुलेयाम घघकिलो सुन तस्करीको व्यापार काण्ड ,रफ्फा दफ्फा गरिन्छ। तर गरिबले मकै बेच्न पाउदैन। जफत हुन्छ। दुर्भाग्य’

यसैगरी, आयुष शर्मा नामका फेसवुक प्रयोगकर्ताले बालेनको अल्पबुद्धीले राजनीतिमा दले र झोलेहरुकै हालिमुहाली हुने भयो भन्दै चिन्ता ब्यक्त गरेका छन् । उनले लेखेका छन्–‘बालेनको अल्पबुद्धी र कुमतीले फेरी पनि दले र झोलेहरुले नै चुनाव जित्ने भए ! यो समाज र रास्ट्र परीवर्तनमा योगदान गर्दछू भनेर अघी सरेका युवाहरुलाइ ठुलो घात हुने भयो ! एत्रो भयानक क्षतिको मुल्यको अगाडी बालेन कोही हैनन÷निजलाइ सुध्रिन र सुधारको कार्यसुचि सहित प्रस्तुत हुन निश्चित समयावधी तोक्ने र निजले माफि मागेर आफुलाइ नसुधारे सचेत जनताले निजलाइ सडकमा घिसार्न ढिला गर्नु हुदैन/पुरानो अपराधीलाइ नया अपराधीले पुनर्स्थापित गर्नु परिवर्तन होइन, हुदै होइन, चेतना भया !’