श्रीलंकामा जस्तै जनताले नेतालाई कुटने दिन आउँछः चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले श्रीलंकामा जस्तै नेपालमा पनि जनताले नेतालाई कुटने दिन आउने बताएका छन् ।

प्रचण्ड अब जंगल नजाने यही व्यवस्थामा रमाएको र राजतन्त्र र्फकाउने, संसद, ७२ को संविधान नै ध्वस्त पार्ने, अन्तराष्ट्रिय शक्ति, नेपालको लागि हिन्दु राज्य बनाउने र गणतन्त्र सिध्याउने बाटोमा ओली हिडेकोले गठबन्धन गरेको बताएका छन् ।

अब नेताहरुले शिक्षा लिएर आफुलाई सुधारेनन् भने जनता सहेर नबस्ने श्रीलंकामा जस्तै जनताले नेतालाई कुटने दिन आउने र सत्तामा गए पछि जनता र राष्ट्रको चिन्ता लिनु पर्छ भन्ने कुरा नेताहरुले महशुस नगरेको उनले बताए ।

शेरबहादुर प्रधानमन्त्री हुन्छु भनेर सपनामा पनि नदेखेको ओलीको प्रसादले भएको  र ७४ को वाम पन्थी एकता अहिले सम्म भएको भए अहिलेको चुनावमा कांग्रेसलाई झार पातमा खोज्न जानु पर्ने बताएका छन् ।

यो गठबन्धन बन्नुको कारण केपी ओलीको पार्टी भित्रको झगडाको कारणले बनेको गठबन्धन ओलीको प्रसाद भएको यो मंसिर सम्म हुने र अब एमाले सोत्तर हुने बताए ।

यहाँ सिद्धान्तको लागि काम नगर्ने फाईदाको लागि गर्ने यो गठबन्धन पनि फाईदा भयो भने मात्र रहने र तत्काल वाम पन्थीहरुको एकता नहुने उनले बताएका छन् ।

अहिले सबै पार्टी जोगाउन हम्मे–हम्मे परेको र स्वतन्त्रहरु आएर अब गणतन्त्र र संसद सिध्याउने ७२ को संविधान च्यातनको लागि सक्रिय भएर आएको बताए ।

अहिले आफुले राजनीतिबाट ‘रिटाएर’ लिने बेला नभएको नयाँ पिडिहरु आउदैमा काम नगर्ने विचार सिद्धान्त हुनु पर्ने उनको भनाई छ ।