राजनीति सुधार्न नसके सन्यास लिन्छुः मानुषी यमी भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीको केन्द्रिय सदस्य मानुषी यमी भट्टराईले सुधार्न नसके राजनीतिबाट सन्यास लिने बताएकी छिन् ।

अहिलेको दलतन्त्र तोड्न र दलहरुलाई अनुशासनमा ल्याउन नयाँ पुस्ताको आवश्यकता परेको र त्यसका निम्ति आफुहरुले हस्ताक्षेप गर्नुपर्ने बताएकी छिन् ।

हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा पत्रकार राजेन्द्र बानियाँसँग कुराकानी गर्दै उनले भनिन– ‘अहिले भएको दलहरुबाट नि अब्बल–अब्बल मान्छेहरु निर्वाचित होऔं । अथवा निर्वाचनमा जाने हिम्मत राखौं र संसदमा पनि गएर एउटा राम्रो ‘पोलिटिकल कल्चर’ निर्माण गरौं । जहाँ हामीले सबै भन्दा पहिला ‘हुइब’ भन्ने ‘सिस्टम’लाई हटाउ ताकि आउने नीति निर्माणमा कानुनमा स्वस्थ खालको छलफल गरौं ।

पार्टीको एउटा ‘डिसिप्लिन’ एउटा बाध्यकारी अवस्थाले चाही हामीले ‘यस–नो’ गर्ने भन्दा एउटा स्वस्थ खालको ‘हेल्दि डेमोक्रेसी’ हामीले त्यो अभ्यास संसदमा गर्ने परिकल्पना त्यो सपना हामीले त्यो किन नबोक्ने ? त्यो बोक्नै सक्दैनौ भने ‘भिजिपीटि स्टाईल’को हाम्रै ‘बा आमा’ले गर्दै आउनु भएको ‘स्टाईल’को राजनीति गर्ने हो भने म चाही बरु सन्यास लिन्छु, म बरु गर्दिन, यस्तो खालको राजनीति, उनले भनिन् ।

अहिलेको सबै पार्टीहरु टुटफुट हुनु स्वभाविक नै रहेको र पार्टी एउटा भाडो जस्तो भएकोले तोड्ने विद्रोह गर्ने सबैको अघिकार भएको उनले बताईन ।

दल भित्र केही वर्ष देखि अनुभुति लिएर सोच बुझ सहित लिएर हिडेकोले पार्टीहरुमा हलचल ल्याउने आफनो दायित्व भएको र जसपा भित्रै टिम भएकाले अरु दलहरुको साथीसँग पनि छलफल हुने बताएकी छिन् ।

संसदमा जादा राजनीति ‘भोकाबेलरी’मा कुनै अर्थ नभएको र आफु एक्लै नजाने समुह बनाए जाने भएकोले पार्टी भित्र पनि प्रतिस्पर्धा हुनुपर्ने बताएकी छिन ।

अबको नयाँ पुस्ताले प्रदेश र संघिय निर्वाचनमा आफनो जिवनबाट पनि उदाहारण पेस गरेर एउटा नैतिकताको आधारमा टेकेर व्यस्थापिकामा आफुहरुले नीति निर्माण गर्ने बताईन ।

दल–दलमा नपसेकाहरु त्यसबाट कुनै अर्थमा मुक्त भएकाहरु कुनै नैतिक बल राख्ने मान्छेहरु अब राजनीतिमा आउनु पर्ने बताएकी छिन ।

मानुषीले भनिन्, ‘मेरो ‘बुबा–आमा’ लगायतको नेतृत्व ‘पङ्ति’, जो अहिलेसम्म मैले नेतृत्व मानिरहेको छु । उहाँहरुबाट पनि कुनै दिन नीतिगत कुराहरुमा सैद्धान्तिक कुराहरुमा कार्यशैलीका कुराहरुमा बिमति भयो भने त्यहाँ पनि विद्रोह हुन्छ ।

राजनीतिमा सबै कुराहरु सहि ठाउँमा नहुने भएकोले आफुहरुले जोखिम लिएकोले अहिले जसपाले राम्रो नतिजा नल्याएको उनले बताईन ।

अहिले राजनीतिका नेताहरु शक्तिमा भएकोले राजनीतिक हिसाबले हेर्दा ठुलो संकट भएको बताएकी छिन । एक जना स्वतन्त्रले जित्यो भनेर सबैले स्वतन्त्र उम्मेदवार दिनु नहुने र सकारात्मकरुपमा लिदा चाहि अहिले भएको दलहरुलाई हल्लाउने र खबरदारी गरेको उनले बताइन ।