शाहरूख खानको फिल्म ‘डन ३’ मा चर्चित पोर्नस्टारको इन्ट्री !

काठमाडौं । बलिउडका बादशाह शाहरुख खानसँग काम गर्ने सपना कसको हुँदैन र ? सात समुन्द्र पार भएर पनि मान्छेले यस्तो सपना देख्छन् । प्रसिद्ध पोर्न स्टार केन्ड्रा लस्ट पनि ती व्यक्ति मध्ये एक हुन् । उनी शाहरुख खानको बहुप्रतिक्षित चलचित्र डन ३ मा काम गर्न चाहन्छिन् ।

केही दिनअघि शाहरुख खान स्टारर फिल्म ‘डन ३’ बन्ने खबर आएको थियो । यति मात्र होइन अमिताभ बच्चन पनि यस फिल्मको हिस्सा हुन सक्ने बताइएको छ । बादशाह र महानायकलाई फिल्ममा सँगै देख्न पाउनु फ्यानका लागि ठूलो उपहार हुनेछ । दुवै मेगास्टारपछि यो फ्रेन्चाइजीमा जोडिन चाहने तेस्रो व्यक्ति पनि छन् । पोर्न स्टार केन्ड्रा लस्ट यस सुपरहिट फ्रेन्चाइजमा काम गर्न तयार छिन् ।

फिल्म निर्माता रितेश सिधवानी र फरहान अख्तरलाई ट्विटमा ट्याग गर्दै केन्ड्राले लेखेकी छिन् ‘जनताको मागअनुसार डन ३ बनाऔं। म इन छु ।’ केन्ड्राले यति भन्नासाथ मानिसहरुको कमेन्टको ओइरो लाग्यो । प्रयोगकर्ताहरूले केन्ड्रालाई उनी किंग खानको फ्यान हो कि भनेर सोध्न थाले। फिल्ममा केन्ड्रा देखिए ब्लकबस्टर हुनबाट कसैले रोक्न नसक्ने मानिसहरुको भनाइ छ ।

केही प्रयोगकर्ताहरूले रितेश र फरहानलाई केन्ड्रालाई कास्ट गर्न आग्रह गरेको देखियो। चलचित्रमा केन्ड्राको भूमिका रोमा हुनुपर्ने प्रयोगकर्ताको भनाइ छ । यसअघि यो फिल्लममा रोमाको भूमिका प्रियंका चोपडाले गरेकी थिइन् ।

केही दिन अघि केन्ड्राले जवानको फ्यानले बनाएको पोस्टर सेयर गरेकी थिइन् । ट्विटमा लेखिएको थियो– ‘म सधैं शाहरुखलाई एक्सन फिल्ममा हेर्न चाहन्थें । क्या टिजर छ? एटली को यो मास्टरपिसको लागी प्रतिक्षा हुनेछ।’ केन्ड्राका यी ट्विटबाट थाहा हुन्छ कि उनले किङ खानका सबै प्रोजेक्टमा नजर राख्छिन् । उनी किंग खानकी फ्यान हुन् ।