एमालेसंग मिलेर जाने मेरो इच्छा छ – प्रचण्ड

काठमाडौं असार १५,

फेरि वामपन्थी एकताको बहस चलिरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेका नेता–कार्यकर्तासँग मिलेर जाने इच्छा प्रकट गर्नुभएको छ ।

नेतृत्वका कारण नेकपा विभाजन भएपनि एमालेका कतिपय नेतासँग एकता गरेर अघि बढ्न सकिने दाहालको भनाइ छ।

काठमाडौंमा आज आयोजित कार्यक्रममा उहाँले एमालेभित्र माओवादीको बीउ रहेकाले केही समयमा त्यसलाई फैलाउन सकिने बताउनुभयो ।

फरक प्रसंगमा दाहालले माओवादी घटकहरुबीच एकताको विकल्प नभएको बताउनुभयो । माओवादीहरुबीच एकता आफ्नो नेतृत्वमा मात्र सम्भव हुने उहाँको दावी थियो ।

सर्वोच्च अदालतद्वारा निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन बाटो खुल्ला

सर्वोच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन बाटो खुला नै राखेको छ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे अन्तिम लिखित फैसला सार्वजनिक गर्दै बुधबार सर्वोच्चले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कुरालाई रोक नलगाएका हुन्।

इजलासका पाँचमध्ये तीन न्यायाधीशले निजगढ विमानस्थलको प्राविधिक, वातावरणीय र आर्थिक हिसाबले उपयुक्त हुने गरी खोज्न भने पनि निजगढमै विमानस्थल बनाउन रोक भने नलगाएको पाइएको छ।

अन्तिम लिखित फैसलामा पूर्ण इजलासका पाँच जना न्यायाधीशको राय बाझिएको थियो। तीन न्यायाधीशले बहुमतको राय दिएका थिए दुई न्यायाधीशले धने निजगढको विकल्पका रुपमा निजगढलाई नै अघि ल्याएका थिए।

पूर्ण इजलासका पाँचमध्ये विश्वम्भर श्रेष्ठ, ईश्वर खतिवडा र प्रकाशमान सिंह राउतले निजगढको विकल्प खोज्न सुझाएका थिए भने हरिकृष्ण कार्की र मनोजकुमार शर्माले अल्पमतमा राय दिएका थिए।