बिरामी र जोगीहरुलाई बालेनले हाने लात, महानगरले एकाएक निकाल्यो यस्तो सूचना !

काठमाडौं महानगरभित्रका क्षेत्रमा भिक्षा माग्न निषेध गरिएको छ । काठमाडौं महानगरपालिकाले एक सूचना निकालेर महानगर क्षेत्रभित्रका सडक, गल्ली, पार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर, सार्वजनिक गाडी र अन्य सार्वजनिक ठाउँमा भीक माग्न निषेध गरेको हो ।

साधु, सन्त, जोगी वा भिक्षुलाई सनातनदेखि चली आएको परम्परअनुसार घर घरमा पुगी भिक्षा माग्न वा धार्मिक तथा सांस्कृतिक कार्यका लागि भिक्षा माग्न भने रोक नलगाइने सूचनामा उल्लेख छ ।

साधुसन्तबाहेक बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बहानामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम र ज्याला दिइ भीक माग्न वा भीक माग्न दुरुत्साहन नगर्न नगराउन आग्रह गरिएको छ ।

असहाय, बिरामी, बेवारिसे, अशक्त लगायतले पनि सडकमा भीक माग्न नपाउने भएका छन् । यस्ता व्यक्तिका लागि काठमाण्डौ महानगरपालिकाले मानव सेवा आश्रमसँग सहकार्य गरी व्यवस्थापन गर्दै आएको महानगरले जनाएको छ ।

काठमाडौंमा २ सय ५० सार्वजनिक शौचालय थपिँदै

काठमाडौँ महानगरपालिकाले निजी संस्थासँग सम्झौता भएका सबै सार्वजनिक शौचालयलाई असार महिनाभित्र चिह्न प्रदान गर्ने भएको छ ।

सार्वजनिक शौचालय सञ्चालनका लागि ३३ निजी संस्थासँग सम्झौता भइसकेको महानगरले जनाएको छ । सर्वसाधारणलाई सहज होस् भनेर सबैमा एकै किसिमको चिह्न लगाउने काम गरिरहेको प्रशासन प्रमुख महेश काफ्लेले बताए ।

चिह्न राखिसकेपछि मात्र सम्झौता भएका संस्थाको शौचालय सर्वसाधारणले प्रयोग गर्न सक्नेछन् । सङ्केत चिह्नमा गोलो घेराभित्र नीलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो अक्षरले ‘सार्वजनिक शौचालय’ लेखिएको छ । बीच भागमा सेतो रङमै महिला र पुरुषको चिह्न छ ।

सङ्केत चिह्नको पुछारमा अंग्रेजी भाषामा ‘पब्लिक टवाइलेट’ लेखिएको छ । चिह्नकै आधारमा सर्वसाधारणले शौचालय प्रयोग गर्नसक्ने महानगरले जनाएको छ । सम्झौताअनुसार करिब २ सय शौचालय सञ्चालनमा आउने छन् ।

सार्वजनिक उपयोगमा ल्याउन इच्छा देखाएका व्यावसायिक संस्थासँगको सहकार्यमा महानगरले २५० शौचालय सार्वजनिकरुपमा प्रयोगमा ल्याउन लागेको छ । यसरी उपलब्ध गराइएका शौचालयको मर्मतसम्भार, सरसफाइलगायत गर्ने जिम्मा संस्थाकै हुनेछ।

शौचालयको अवस्था अनुगमन गर्न दुवै पक्षबाट एकरएक प्रतिनिधि तोकिएको छ । उनीहरुले हरेक चार महिनामा प्रतिवेदन तयार गरी बुझाउने महानगरले जनाएको छ ।नेपाली काँग्रेसका महामन्त्री गगन थापाले डा. शेखर कोइरालाको गुट छाडेका छन् । उनी पछिल्लो समय शेखर गुटको भेलामा जान छाडेका छन् । आज वत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा भएको शेखर गुटको भेलामा पनि गगन देखिएनन् ।

थापा शेखर कोइरालाको समूहबाट महामन्त्री निर्वाचित भएका थिए । तर, पछिल्लो समय उनी बुढानिलकण्ठसँग पनि नजिकिएका छन् ।

गगन थापाले आफ्नै गुट तयार गरेको बुझिएको छ । उनले काँग्रेसभित्रका युवाहरुको ठूलो समूहलाई साथ लिएर सक्रियता बढाएका छन् । थापाले आफू देशको भावी प्रधानमन्त्री बन्ने सन्देश प्रवाह गरिरहेका छन् ।

काठमाडौं निर्वाचन क्षेत्र नं ४ बाट दुई पटक निर्वाचित भइसकेका थापा यसपटक पनि सोही क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन् । युवाहरुको पक्षमा लहर नै आइरहँदा थापाले देशभर काँग्रेसबाट युवाहरुले उम्मेदवार बन्ने माहोल तयार गर्न खोजिरहेको बुझिएको छ ।

शेखरले फेरि सुरु गरे गुटको बैठक, यस्तो छ कारण

नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले फेरि गुटको बैठक सुरु गरेका छन् । महाधिवेशन सम्पन्न भएको ६ महिनासम्म सबै केन्द्रीय विभागहरूलाई पूर्णता दिनुपर्ने भए पनि अहिलेसम्म विभाग गठनमा सभापति शेरबहादुर देउवाले चासो नदेखाएपछि शेखरले गुटको बैठक बोलाएका हुन्।

विधानले व्यवस्था गरेका २८ विभाग अहिलेसम्म गठन हुन सकेको छैन । सभापति देउवाले पार्टीको विधानअनुसार काम नगरेको मुद्दालाई प्राथमिकता साथ उठाउने कोइराला पक्षले तयारी गरेको छ ।

भ्रातृ संस्थाको नेतृत्व चयन, विभाग गठन, नीति महाधिवेशन लगायतका विषयमा सभापति देउवाले विधान कार्यान्वयन नगरेको भन्दै कोइराला पक्षले मुद्दा बनाउन लागेको हो ।

सभापतिले नेविसंघ र तरुण दलको नेतृत्व एकलौटी तरिकाले चयन गरेको भन्दै कोइराला निकट एक केन्द्रीय सदस्यले पार्टीभित्र परामर्श गरेर मात्रै चयन गर्ने केन्द्रीय समितिको निर्णयलाई लागू नगरेको बताए ।

भ्रातृ संस्थालाई पूर्णता दिन पनि कुनै छलफल नगरेकाले छुट्टे छलफल गर्न लागिएको उनले बताए । केन्द्रीय समितिको बैठक बोलाउनसमेत कोइराला पक्षले दबाव दिने भएको छ । विधानअनुसार दुई महिनाभित्र केन्द्रीय समितिको बैठक बस्नुपर्छ ।

तर चैतदेखि केन्द्रीय समितिको बैठक बस्न सकेको छैन । केन्द्रीय समितिको बैठक बस्नुअघि आफ्नो पक्षको रणनीति तय गर्न कोइरालाले आफू पक्षीय नेताहरुको भेला गर्न लागेका हुन् । भेलामा स्थानीय तह निर्वाचनको समीक्षासमेत गरिने उनले बताए ।

सभापति देउवाले नेपाल विद्यार्थी संघ र तरुण दलको नेतृत्व चयनमा एकलौटी निर्णय भएको निष्कर्ष निकालेको कोइराला पक्ष किसान संघ र आदिवासी जनजाति संघको अध्यक्ष मनोनीतपछि थप चिढिएको छ । नेविसंघमा दुजाङ शेर्पा, तरुण दलमा विद्वान सभापति देउवाले नेपाल विद्यार्थी संघ र तरुण दलको नेतृत्व चयनमा एकलौटी निर्णय भएको निष्कर्ष निकालेको कोइराला पक्ष किसान संघ र आदिवासी जनजाति संघको अध्यक्ष मनोनीतपछि थप चिढिएको छ । नेविसंघमा दुजाङ शेर्पा, तरुण दलमा विद्वान गुरुङ, किसान संघमा गणेश तिमिल्सिना र आदिवासी जनजाति संघमा ओमबहादुर थापालाई सभापतिले मनोनीत गरेका छन् ।

सबै संस्थापन पक्षका हुन् । समयमा महाधिवेशन गर्न नसकी भंग गरिएका १० भ्रातृसंस्थामध्ये ६ वटाले मूल नेतृत्वसमेत पाएका छैनन् । नेविसंघ, तरुण दल, प्रजातन्त्र सेनानी संघ, किसान संघ, आदिवासी जनजाति संघ, लोकतान्त्रिक अपांग संघ, तामाङ संघ, ठाकुर समाज, महिला संघ र भूतपूर्व सैनिक संघ फागुन ३ गते भंग गरेको थियो । पछिल्लो समय कांग्रेसमा अभूतपूर्व एकता कायम छ ।

प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको पूर्वसन्ध्यामा कांग्रेसमा विवाद देखिनु उचित नभए पनि नेतृत्वले अझैसम्म सबै पक्षलाई नसमेटेको देखिएको छ ।