अखिल र नेबिसंघ स्ववियु निर्वाचनबाट भागिरहेको छ – अध्यक्ष सिंह

काठमाडौ – अखिल(क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंहले अखिल र नेवि संघ स्ववियू निर्वाचनबाट भागीरहेको आरोप लागाएकी छन ।

अखिल(क्रान्तिकारी) अस्कल क्याम्पसद्वारा बिहिबार काठमाडौमा आयोजित राजनितीक प्रशिक्षण कार्यक्रममा बोल्दै नेतृ सिंहले यस्तो आरोप लगाएकी हुन । लामो समय देखी अबरुद्ध स्ववियू निर्वाचन गराउन पटक पटकको ताकेता गर्दा पनि संगठनहरु बीचको संबादले निस्कर्ष दिन नसकेको भन्दै नेतृ सिंहको यस्तो प्रतिकृया आएको हो ।

महासचिव दिपेश पुन सहित उपाध्यक्षद्वय तुकमान महरा र जीपी मैनालीले समसमायिक प्रशिक्षण मन्तब्य राख्नुभएको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिंहले ‘बिध्यार्थी आन्दोलनमा दर्जन बढी संगठन कृयाशिल रहदै गर्दा निरन्तर स्ववियू निर्वाचन अवरुद्ध हुनुले बिध्यार्थी संगठनहरु माथी नै प्रश्न उठेको’ भनाइ राख्नु भएको अखिल(क्रान्तिकारी)का नेता सञ्जीव रेग्मीले जानकारी दिए। अखिल(क्रान्तिकारी) प्रदेश र संघको निर्वाचन अघि नै स्ववियू निर्वाचन गराउने पक्षमा रहेको बिचार राख्नुभएको थियो ।

” स्ववियू कुनै अमुक संगठनको हार र जीतको मात्र प्रशन नभएर समग्र बिध्यार्थी आन्दोलनको भविश्यसँग जोडिएको बिषय भएकोले सबैदबिध्यार्थी संगठनहरु जिम्वेवार बन्नुपर्ने नेतृ सिंहको भनाई थियो!

अखिल(क्रान्तिकारी)ले हालै ३ महिने संगठनात्मक अभियान घोषणा गरेर मुलुकभर विभिन्न संगठनात्मक अभियान सँचालन गरिरहेको छ !