विमला ओलीले फेरि पारिन् दिउँसै रात, बाहिरियो अर्को घटना !

लुम्बिनी प्रेदेशकी स्वास्थ्य राज्यमन्त्री विमला ओलीले राजीनामा गरेको प्रदेश सरकारले बताइरहँदा उनले भने अझै राजीनामा भने दिइनसकेको बताएकी छन्। अरूको घरभित्र प्रवेश अर्की महिला र उनी नाबा लिका छोरीलाई कुट पिट गर्ने ‘अम र्या दित’ काम गरेको आरोपमा राज्यमन्त्री विमलालाई पदबाट राजीनामा दिनुपर्ने दबाब रहँदै आएको छ।

‘उहाँले राजीनामा दिइसक्नु भएको छ, मैले उहाँको राजीनामा स्वीकृत गरिसकेँ,’ बुधबार बिमलाको राजीनामाबारे संसद्लाई मुख्यमन्त्री कुलप्रसाद केसीले जानकारी गराएका थिए। तर विमलाले भने राजीनामा बुझाउन नमानेको र उनलाई मन्त्री पदबाट हटाउने पक्का छ।

स्रोतका अनुसार विमलाले आफूले राजीनामा नदिने र सरकार आफैंले कारबाही गरेर पदमुक्त गर्न भनेकी छिन्। ‘म राजीनामा दिन्नँ, तपाईंहरूले नै कार बाही गरेर पदबाट हटाउनुस् भन्नुभयो,’ स्रोतले भन्यो ‘उहाँले आफै राजीनामा नदिने भएपछि अब उहाँलाई पदमुक्त गर्ने पक्का भएको छ।’

विमलाले आफूले मन्त्री पदबाट राजीनामा दिनुपरे सांसद र पार्टीबाट समेत राजीनामा दिने ध म्की समेत दिएकी थिइन्। नागरिकसँगको कुराकानीमा पनि उनले आफूले मन्त्री पदबाट मात्रै नभई सांसद र पार्टीबाट पनि राजीनामा दिने बताइन्।

‘मलाई मन्त्री पदबाट राजीनामा दिनुपर्‍यो राजीनामा लेख्नुस् भन्न आउनु भएको थियो,’ उनले भनिन्, ‘तर मैले मन्त्रीबाट मात्रै हैन, सांसद र पार्टीबाट पनि एकैपटक राजीनामा दिन्छु भने पछि उहाँहरू जानु भएको हो।’

तर उनले आफूले राजीनामापत्रमा हस्ताक्षर गरेर कसैलाई पनि नबुझाएको तर राजीनामा दिएको भनेर कसरी भनियो ? भन्दै प्रश्न समेत गरिन्।

‘मैले राजीनामा पत्रमा कतै हस्ताक्षर गरेको छैन, तर राजनामा दिएको भनेर उहाँहरूले कसरी भन्नु भयो मलाई थाहा छैन,’ उनले भनिन् ‘तर राजीनामा दिनै परे मैले मन्त्रीबाट मात्रै दिन्नँ।’ अब मुख्यमन्त्रीले पदमुक्त गरेको खण्डमा पनि सांसद र पार्टीबाट राजीनामा दिने तयारीमा विमला छिन्। नागरिक दैनिकबाट

यो पनि पढ्नुहोस् :-

मन्त्री पद गुमाएपछि बिदाइ कार्यक्रममा रामकुमारी झाँक्रीले बगाएको आँशु हटन्यूज बन्यो । उनै झाँक्री आज पुतलीसडकमा एउटा सानो समूह लिएर पैदल हिँड्दै गरेको भेटिइन् । पछि पनि उनको अनुहार उदास र बेचैन नै थियो ।

झाँक्री नेकपा एसको केन्द्रीय परिषद् बैठकमा भाग लिन कमलादीतर्फ लम्किएकी थिइन् । उनको साथमा तीन(चार जना कार्यकर्ता थिए । झाँक्री पुग्दा पार्टीका अध्यक्ष माधवकुमार नेपालले उद्घाटन भाषण गरिसकेका थिए । उनी प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईको छेउमा पुगेर थपक्क बसिन् र घोप्टो परेर मोबाइल चलाउन थालिन् ।

माधव नेपालको गुनासो( फिर्ता भएका मन्त्री बोल्नै छाडे

नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालले सरकारबाट फिर्ता भएका मन्त्रीहरूले आफूलाई ६ महिनाका लागि मात्रै सरकारमा पठाइएको हो भनेको सुन्न चाहेको बताएका छन् ।

सरकारबाट फिर्ता भएपछि प्रेम आलेले सो कुरा सार्वजनिक रूपमा नै भनेको उल्लेख गर्दै अध्यक्ष नेपालले अन्य मन्त्रीहरूले समेत आफू ६ महिनाका लागि मात्रै सरकारमा सहभागी भएको हुँ भनेर भन्नुपर्ने बताए ।

उनले भने, ‘४ जना मन्त्रीमध्ये अहिलेसम्म प्रेमबहादुर आलेले मात्रै ६ महिनाका लागि हामीलाई सरकारका पठाएको हो भन्नुभयो । त्यो बाहेक अरू एक जनाले पनि भनेको छैन ।

अझै पनि मेरा यी कानले सुन्ने गरी, बुझिने गरी पटक–पटक ६ महिनाका लागि हामीलाई पठाएको हो भनेको सुन्न मन त । मलाई मात्र होइन हाम्रो पार्टीलाईसमेत ६ महिनाका लागि मात्रै हामीलाई सरकारका पठाएको हो भनेको सुन्न मन छ ।‘

पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले मन्त्रीबाट फिर्ता भएदेखि अधिकांश मन्त्री पार्टीको बैठकमासमेत सहभागी नभएको गुनासो गरे । फिर्ता भएका मन्त्रीले आफू लगायतका नेतासँग राम्रोसँग बोलचालसमेत नगरेको बताए ।