हिक्मतको प्रष्टीकरण: जिस्किँदा-जिस्किँदै त्यस्तो भयो – हातपात गरेको छैन

काठमाडौं । रेस्लर अस्मिता जुरेलीले हिजो रोपाइँ उत्सव मनाउने क्रममा अपरिचित व्यक्तिले आफूमाथि हातपात गरेको आरोप लगाइन् । युवा संघले आयोजना गरेको कार्यक्रममा संघकै एक युवाले दु,र्व्यवहार गरेको उनको दाबी छ । अस्मिताले आ,रोप लगाएका व्यक्ति युवा संघ नेपालकै केन्द्रीय सदस्य हिक्मत बोहरा ‘हिलारी’ रहेको खुलेको छ । नेपाल प्रेसको सम्पर्कमा आएका बोहराले आफूले नियतवस अस्मितामाथि कुनै दु,र्व्यवहार नगरेको प्रष्टीकरण दिए । अस्मिताले भनेजस्तो आफूहरू अपरिचित पनि नभएको उनको भनाइ छ ।

‘हामी एउटै पार्टीका कार्यकर्ता हौं, सधैँ कार्यक्रमहरूमा भेट भइरहने बहिनी हो,’ उनले भने, ‘जिस्किँदा-जिस्किँदै यस्तो घटना भयो ।’ रमाइलो गर्ने क्रममा जिस्केर हिलोमा लडाएको भए पनि आफूले हातपात भने नगरेको उनको भनाइ छ ।‘उहाँले किन गलत सोच्नुभयो थाहा छैन, तर मैले गलत नियतले उहाँलाई छोएको थिइनँ,’ बोहराले भने । अस्मिताले आफूमाथि जाइलागेपछि उनलाई रोक्न दुवै हात समातेको बोहोराले बताए । उनले घटनालाई अतिरञ्जित नबनाउन सबैसँग आग्रह गरेका छन्।