एकीकृत समाजवादीले फिर्ता बोलाएका मन्त्रीहरु एमाले प्रवेश गर्ने

काठमाडौं । एकीकृत समाजवादीले मन्त्रीबाट फिर्ता बोलाएकाहरुले पार्टी फुटाउन सक्ने चर्चा चल्न थालेको छ । मन्त्रीबाट फिर्ता गराउने प्रयासबाट आफूहरू अपमानित भएको बताएका ४ मन्त्रीसहित १० जना सांसदले विभाजनको बाटो रोज्न सक्ने राजनीतिक वृत्तमा हल्ला चल्न थालेको हो ।

२३ जना सांसद रहेको समाजवादीको संसदीय दलमा १० जना ४० प्रतिशतभन्दा बढी संख्या हो । पार्टी विभाजन गर्न उनीहरूले केन्द्रीय कमिटीमा पनि ४० प्रतिशत पुर्याहउनुपर्छ । संसदीय दलको बैठक बोलाउन माग गरेका कारण उनीहरूले संसदीय दलमा बहुमत पुर्यागउन सक्ने आकलन पनि गर्न थालिएको छ ।

तर, विभाजन गर्नका लागि उनीहरूलाई कानुनी अड्चन छ ।विभाजन भई बनेको नयाँ पार्टी एक संसदीयकालभरि विभाजन हुन कानुनले रोक लगाएको छ । गत भदौमा सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशका कारण जसपा र एमाले विभाजित भएको थियो । विभाजनको प्रयोजन सकिएलगत्तै सरकारले उक्त अध्यादेश फिर्ता लिएको थियो ।

मन्त्रीबाट फिर्ता गराउने प्रयासबाट आफूहरू अपमानित भएको बताएका ४ मन्त्रीसहित १० जना सांसदले अध्यक्ष माधव नेपाललाई पत्र लेखेरै असन्तुष्टि व्यक्त गरेका छन् । पटक पटक अपराधीलाई जस्तो व्यवहार गरिएको भन्दै यस्तो व्यवहार कदापी ठीक मान्न नसकिने उल्लेख गरेका छन् ।

प्रस्ताव गरिएको नयाँ मन्त्रीहरुको नामावली असमावेशी र असन्तुलित भएको जनाउँदै त्यसप्रति उनीहरुले गम्भीर असहमती प्रकट गरेका छन् । मन्त्रीहरू विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, किसान श्रेष्ठ लगायत १० जना सांसदले मन्त्री हेरफेर गर्ने पार्टीको निर्णयप्रति असहमति जनाउँदै हस्ताक्षर बुझाएका हुन् ।

पार्टीले यसअघि नै मन्त्रीबाट फिर्ता हुन भनेकाले उनीहरु अप्ठयारो मान्दै अचेल मन्त्रालय खासै गएको देखिदैनन् । हिजोको दिनमा मन्त्री बन्नकै लागि प्रेम आले र किसान श्रेष्ठ ओलीको साथ छाडेर माधव नेपालको पक्षमा लागेका थिए । त्यसको उपहार स्वरुप अध्यक्ष नेपालले उनीहरुलाई ६ महिने मन्त्री बनाएर गुन तिरिसकेका छन् ।

अहिले अरुलाई भाग पु¥याउन पद छोड्नुपर्ने अवस्था आएपछि उनीहरुले नेतृत्वको व्यवहार एउटै देखेर पूरानै पार्टीमा एमालेमा फर्कने मनस्थिति बनाएको स्रोतले बताएको छ । अध्यक्ष नेपाल भने संकटको भूमरीमा फसेका छन् । फिर्ता बाेलाएका मन्त्रीहरू नै उनकाे लागि पार्टीमा विपक्षी दल जस्तै भएका छन् । हिजाेकाे दिनमा पार्टी दर्ता गराउन हात समातेर लगेकी रामकुमारी झाँक्री नै अहिले अध्यक्षकाे व्यवहारबाट रू्ष्ट छिन् ।