एकराजसँगको चक्कर जताततैँ भाइरल भएपछि विमला वलीले पहिलोपटक खोलिन् मुख, सरकार नै ढल्ने खतरा !

लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्यान राज्यमन्त्री विमलाकुमारी खत्री ९वली०ले आफूलाई राजीनामा दिन दबाब आएको बताएकी छिन्। पार्टीभित्रबाट पटक–पटक राजीनामा दिन दबाब आए पनि अहिलेसम्म राजीनामा नदिएको उनको भनाइ छ।

‘मलाई पार्टीबाट राजीनामा दिन भनेर दबाब आएको छ,’ वलीले भनिन्, ‘राजीनामापत्र पनि ल्याएर मकहाँ नेताहरू आउनुभएको छ, तर मैले अहिलेसम्म हस्ताक्षर गरेकी छैन।’

यदि आफूले राजीनामा दिनुपरे मन्त्रीबाट मात्रै नभई पार्टी र सांसद पदबाट समेत राजीनामा दिने वलीले बताइन् । ‘यदि मैले राजीनामा दिनुपरे मन्त्रीबाट मात्रै होइन, सांसद र पार्टीबाट नै दिन्छु,’ उनले भनिन्, ‘नत्र कुनै पनि पदबाट राजीनामा दिन्नँ।’

मन्त्री वली केही दिनअघि वाइसिएल नेता एकराज बस्नेतको घरमा गएपछि विवादित बनेकी थिइन्। उनका अनुसार एकराजसँग भएको लेनदेनको कुरा मिलान गर्न त्यहाँ पुग्दा घरपरिवारसँग विवाद भएपछि उनी आलोचित बनेकी थिइन्।

यसअघि शंकर पोखरेलको प्रदेशको सत्ता ढाल्नलाई निर्णायक भूमिका खेलेको भन्दै उनलाई राज्यमन्त्री पद सम्हाल्ने मौका मिलेको थियो।

विवादमा तानिएकी लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वलीले अन्ततः राजीनामा दिएकी छन् । स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री ओलीले मुख्यमन्त्री कुल प्रसाद केसीलाई राजीनामा बुझाएकी हुन् ।

जेठ ३१ दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको आरोपपछि उनी विवादमा तानिएकी थिइन् । सो प्रकरणमा उनी प्रहरी नियन्त्रणमा परेकी थिइन् भने पछि बिरामी भएको भन्दै उपचारका लागि बुटवल लगिएको थियो ।

बुटवलमा केही दिन बसेर दाङमा बस्दै आएकी उनले अन्ततः राजीनामा दिएकी माओवादीका लुम्बिनी प्रदेश प्रमुख सचेतक तुलाराम घर्ती मगरले पुष्टि गरे । वलीले सोमबार नै राजीनामा बुझाएको उनको भनाइ छ ।

बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको विषयमा प्रदेश सरकारले छानबिन समिति समेत गठन गरेको थियो । छानबिन समितिको प्रतिवेदन आउनुअघिनै उनले राजीनामा दिएकी हुन् ।