रामकुमारी झाँक्री डाँको छोडेर कराएपछी विरोध खतिवडाले चुकुल लगाए !

काठमाडौं । नेपाली समाजमा एउटा प्रचलित उखान छ कहीँ नभएको जात्रा हाँडीगाउँमा तर नेपालको राजनितीमा भने कहिँ नभएको जात्रा नेकपा एस पार्टीमा भनेको जस्तो देखिन थालेको छ ।

नेकपा एमाले विभाजन गरेर बनेको दल नेकपा एसमा दिनहुँ भाँडभैलो हुन थालेको छ । पदकै लागी एमाले फुटाएको आरोप आम रुपमा नेकपा एसको मूल नेतृत्व माधव कुमार नेपाल र सो पार्टीका उच्च नेतृत्वहरुलाई लाग्ने गरेको छ । पछिल्ला दिनमा सो कुराको पुष्टि हुने व्यवहार उनीहरुलेनै देखाउँन थालेका छन् ।

विशेष गरि मन्त्रीहेरफेरको निर्णयले नेकपा एस पार्टी भित्र रडाको मच्चिएको छ । पुरानामन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री सिफारिस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा एसका अध्यक्ष माधव नेपालले चिट थमाएको झण्डै एक महिना हुन लाग्दा पनि निर्णय कार्यान्वयन हुन नसके पछि तनाव उत्पन्न भएको छ।

पुराना मन्त्रीहरुले पद छोड्न अटेरी गरिरहेका छन् भने मन्त्रीको नाम सिफारिस भएकाहरुले मन्त्री बन्न हतारो गरिरहेका छन् । दुवै तिरकोे चेपुवामा अध्यक्ष माधव कुमार नेपाल परेका छन् । हुँदा हुँदा विषय कति सम्म पेचिलो बनेको छ भने रामकुमारी झाँक्रि , प्रेम आले सहितका मन्त्रीहरुले नेपाललाई उनकै निवास कोटेश्वरमा पुगेर थर्काएका छन् ।

नेकपा एसबाट सरकारमा बहाल रहेका मन्त्रीहरुले नेपालको निवास कोटेश्वरमै पुगेर चर्को असहमती जनाएका छन् । शहरी विकासमन्त्री रहेकी रामकुमारी झाँक्री सबैभन्दा चर्को तरिकाले प्रस्तुत भएको बताइएको छ । मैले किन मन्त्री पद छोड्ने ?भन्दै झाँक्री डाँको छोडेर कराउँन थाले पछि स्वास्थ्य मन्त्री विरोध खतिवडाले कोठाको चुक्कुलनै लगाएको खबर छ ।

मन्त्री झाँक्री माधव नेपालसँग चर्को चर्को स्वरमा कराएको प्रष्ट आवाज बाहिर सडक सम्मै आएको थियो । झाँक्री कराउँन थाले पछि माहोलनै अशान्त भएको बताइन्छ । माधव नेपाल सहितको बैठकमा झाँक्री र आले चर्को रुपमा प्रस्तुत भएका थिए किसान श्रेष्ठ र विरोध खतिवडा भने तुलनात्मक रुपले कम उग्र भएको बताइन्छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिमण्डल हेरफेर गर्न दबाब दिएर बुधबार साँझ कोटेश्वर स्थित निवास फर्किएका नेपालले पार्टीका मन्त्रीहरुलाई सहज तरिकाले फिर्ता हुन गरेको निर्देशनप्रति मुख्यतः पर्यटनमन्त्री प्रेम आले र सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले असहमति प्रकट गरेका हुन् ।

कोटेश्वर स्थित नेपाल निवासमा पुगेका सबै मन्त्रीलाई ‘पार्टीले मन्त्री फेर्ने निर्णय लिइसकेको छ, तपाईहरुले सहयोग गर्नुहोस्’ भन्ने प्रस्ताव गरे लगत्तै सहरी विकासमन्त्री झाँक्रीले आपत्ति जनाएकी थिइन् ।

‘हामीलाई किन हटाउनु पर्यो, हामीले राम्रै काम गरिरहेका छौँ, फोहोर व्यवस्थापनको कार्य मेरै पहलमा सम्पन्न भईरहेको छ, अब त्यो कार्य निष्कर्षमा पुग्ने अवस्थामा छ । अन्य काम पनि भइरहेका छन,’ नेपाल समक्ष मन्त्री झाँक्रीले आक्रोशित हुँदै भनिन्, ‘राम्रो काम गरिरहेको अवस्थामा पनि हामीलाई हटाउनु हुन्छ भने मेरा लागि अध्यक्ष मरेतुल्य हुनुभयो ।’

उता, दुई जना सांसदसहित गएका पर्यटनमन्त्री आले स्थायी कमिटीको निर्णय सच्चाएर धनबहादुर बुढालाई मन्त्री बनाउनु पर्ने शर्त राखेका थिए । ‘एकजना महिला पनि सिफारिस भएका छैनन्, भुगोलअनुसार मन्त्रीमण्डलमा समावेश गर्नुपर्ने त्यो पनि भएको छैन, यस्तो तरिकाले मन्त्रिमण्डल कसरी हेरफेर गर्नुहुन्छ ?’ आफूहरूलाई हटाउने भए एक जना महिला समावेश गरेर धनबहादुरलाई मन्त्री बनाउन उनले प्रस्ताव गरेका थिए ।

स्थायी कमिटी बैठकले गरेको निर्णय कच्चा भएको र निर्वाचनसम्म बहालवाला मन्त्रीहरुलाई नै निरन्तरता दिनु पर्ने माग राखेपछि अध्यक्ष नेपालले ‘पार्टीले निर्णय गरिसकेको’ भन्दै मन्त्रीहरुको प्रस्ताव अस्विकार गरेका थिए ।

स्वास्थ्य मन्त्री खतिवडा र श्रम मन्त्री कृष्णकुमार श्रेष्ठ भने बैठकमा नरम भएर प्रस्तुत भएका थिए । ‘मन्त्रिमण्डल हेरफेर गर्ने निष्कर्षमा पुग्नु नै भएको हो भने दुईवटा विषय लागू गरिदिनुहोस– पहिलो राष्ट्रिय सभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिने समयसम्म कुर्नुहोस्, दोस्रो स्थायी कमिटी बैठकको निर्णय सच्याएर मन्त्रीमण्डलमा महिलासहित समावेशी र समानुपातिक प्रतिनिधित्व गराउनुहोस् ’, मन्त्रीद्वयले प्रस्ताव गरेका थिए ।

कोटेश्वरमा उपस्थित मन्त्रीहरुले विभिन्न शर्त राखेपछि अध्यक्ष नेपालले सो विषयमा बैठकमा छलफल गर्ने जनाएका छन् । ‘तपाईहरुको प्रस्तावका बारेमा म पार्टीमा छलफल गराउँछु, के निष्कर्ष आउँछ, त्यही अनुसार जाउँला । तर, तपाइँहरु सहज तरिकाले ढोका खोलिदिनुहोस’, बैठकमा अध्यक्ष नेपालले भनेका थिए ।