झाँक्रीमाथि अखिल अध्यक्ष सुदेशको कटाक्ष : हिजो ओली विरुद्ध मुखमा टेप टाँसेर गरेको भाषण त स्टन्ट मात्र रहेछ

काठमाडौं १० असार । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले शहरी विकास मन्त्री रामकुमारी झाँक्रीमाथि प्रश्न गरेका छन् ।

पार्टीले सरकारबाट फिर्ता बोलाउने भनेपछि अशन्तुष्ट रहेकी मन्त्री झाँक्रीमाथि पराजुलीले हिजो केपी ओलीविरुद्धको आन्दोलनमा मुखमा लगाएको टेप खोली खोली स्टन्ट मारी मारी गरेको भाषण त केबल खोक्रो आदर्श बोहक के हुन सक्छ त कमरेड । मन्त्री बाहेक पनि जीवन जगत छ भन्ने बुझ्ने हो कि रु भन्दै प्रश्न गरेका छन् ।

सामाजिक सञ्जाल मार्फत पराजुलीले मन्त्री झाँक्रीको नाम नलिई मन्त्री भएपछि माफिया दलालको सेटिङमा काम गर्ने र कमाउने बाहेक केही उद्देश्य नभएकाबाट समाजवादको अपेक्षा गर्नु नै गलत भएको बताएका छन् ।

‘एकथान मन्त्री त तपाईंले हिजो बोकेको मुल्य मान्यता रहे बाँचेमा कति हो कति धेरैपटक मन्त्री त यो भन्दा माथि प्रधानमन्त्री बन्न अवसर नै आउँछ ।’उनले भनेका छन् ।

बुधबार पार्टी अध्यक्ष माधव नेपालको निवासमा भएको छलफलमा मन्त्री झाँक्रीले आक्रोश पोखेकी थिइन् । उनी एकिकृत समाजवादी पार्टीबाट मन्त्री भएकी हुन् ।