शंकर पोखरेलको कटाक्ष : चर्चित हुँदैमा राजनीतिमा योग्य भइन्न

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पत्रकारिता छाडेर राजनीतिमा होमिएका रवि लामिछानेको पार्टी घोषणाप्रति कटाक्ष गरेका छन्। पोखरेलले निश्चित पेसा वा व्यवसायमा सफल वा चर्चित हुनु राजनीतिका लागि स्वतः योग्य हुनु नभएको भन्दै व्यंग्य गरेका हुन्।

‘निश्चित पेसा वा व्यवसायमा सफल वा चर्चित हुनु राजनीतिका लागि स्वतः योग्य हुनु होइन। राजनीतिमा योग्य हुन त्यसमै समर्पित हुनुपर्दछ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्। लामिछानेले मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।