माधव नेपाललाई छोडेर महिलाहरुको मात्रै पार्टी खोल्ने तयारीमा रामकुमारी झाँक्री !

नेकपा एमाले विभाजन गरेर बनेको दल नेकपा एसबाट शहर विकासमन्त्री बनेकी रामकुमारी झँक्रीले मन्त्री पद चट हुने कन्फर्म भए पछि नेकपा एस भित्र खैलाबैला मच्चीने गरि कठोर कदम चाल्ने संकेत गरेकी छन् ।

एमाले फुटाउँने बेलामा माधव कुमार नेपाललाई हातैमा समाएर निर्वाचन आयोग पुर्याएर नयाँ पार्टी बनाएकी झाँक्रीले मन्त्री पदको इन्जोए गरिरहेका बेला पद छोड्नु पर्ने अवस्था आए पछि नेकपा एसबाट पनि बाहरिने तयारी गरेकि छिन् ।

मन्त्री फेर्ने प्रस्ताव ले आक्रोसित भएर झाँक्रिले आफँै नयाँ पार्टी गठन गर्ने तयारी गरेकी छिन् । जुन कुराको संकेत उनी आफैँले गरेकि छिन् । महिलाको मात्रै छुट्टै पार्टी गठनको तयारी झँक्रीले गरेकी छिन् । उनले यस बिषयमा प्रतिक्रियाका लागी आव्हान पनि गरेकि छिन् ।

झाँक्रीले महिलाको छुट्टै पार्टीबारे बहस चलाएकी छन्।फिलिपिन्सको ‘द ग्याब्रिएला वुमेन्स पार्टी’को उदाहरण दिँदै उनले नेपालमा पनि महिलाको पार्टी गठनबारे बहस चलाएकी हुन् ।

एकीकृत समाजवादीले उनलाई फिर्ता बोलाएर सबै पुरुष मन्त्री सिफारिस गरेको सन्दर्भमा उनले सामाजिक सञ्जालमा चलाएको उक्त ‘बहस’लाई अर्थपूर्ण तरिकाले हेरिएको छ।

उनले उक्त पार्टीबारे जानकारी दिँदै लेखेकी छिन्, ‘नेपालमा पनि त्यस्तै पार्टी जरुरी छ। यसमा बहस र प्रतिक्रिया जनाउनुहोस्।’ सामाजिक सञ्जाल ट्विटरमा उनले बहस र प्रतिक्रियाका लागि भन्दै उक्त पार्टीका बारेमा उल्लेख गरेकी छिन्।

पार्टीका विषयमा भनिएको छ, ‘ग्याब्रिएला फिलिपिन्सको एउटा प्रगतीशील राजनीतिक पार्टी हो। जसले महिलाको विषय र प्रतिनिधि सभामाएकीकृत समाजवादीले उनलाई मन्त्रीबाट फिर्ता बोलाएको छ। आफू फिर्ता हुँदा पनि एकजना महिलाको प्रतिनिधित्व हुनुपर्ने माग झाँक्रीको छ। महिलाको प्रतिनिधित्वका विषयमा वकालत गर्छ।’

अध्यक्ष माधवकुमार नेपालसँग यही विषयमा उनको विवाद भएको बताइएको छ। उनले यस्तो स्टाटस सामाजिक संजालमा पोस्ट गरेसँगै उनले पनि अब महिलाहरुको छुट्टै पार्टी गठनको तयारी सुरु गरेको बुझ्न गाह्रो छैन ।