रविको पार्टीको अत्याचार, खोसियो स्वतन्त्र रहने अधिकार

काठमाडौं। रवि लामिछानेले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा दिएको निवेदन खारेजीको माग गर्दै उजुरी परेको छ। लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताका लागि आयोगमा दिएको निवेदन खारेजीको माग गर्दै ‘स्वतन्त्र उम्मेदवारी अभियान’ नामक समूहले आयोगमा उजुरी दिएको हो। लामिछानेले मंगलबार काठमाडौँमा एक समारोहका बीच राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गर्दै दल दर्ताका लागि निवदेन दिएका थिए।