बैंकिङ कसुरमा जेल परेकी महिलाले बच्चा जन्माएपछि भयो खल्लबल्ल, प्रधानमन्त्रीनिकट यी नेतालाई लाग्यो आरोप

दाङ ८ असार ।

आफु अविवाहित भएको बताएकी बैंकिङ कसुरमा जेल सजाय खेपिरहेकी एक महिलाले शिशुलाई जन्म दिएकी छन् । बाँकेको जानकी गाउँपालिका ४ खुद्रा खजुराकी एक महिलाले असार ६ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा छोरालाई जन्म दिएकी हुन् ।

३६ वर्षीया ती महिला मोनिका ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लमहीकी फिल्ड सहायक हुन् । संस्थाको रकम हिनामिना गरेको भन्दै उनीमाथि बैंकिङ कसुरमा मुद्दा दायर गरिएको थियो । त्यसपछि अदालतमा कानूनी प्रक्रिया चल्दै गर्दा काठमाडौं बस्दै आएकी उनको फेसबुक मार्फतडेल्धुराका रघुवर भट्टसँग चिन जान भएको थियो ।

भेट बाक्लिँदै गएका कारण उनीहरुबिच शा री रीक सम्ब न्ध पनि भएको उनले बताएकी छन् । दिनुहँ विभिन्न होटलमा सहमतिमै शा री रिक स म्बन्ध राखेको बताएकी उनले आफु प्रेग्नेन्ट भएको जानकारी दिएपछि भट्ट सम्पर्कविहिन भएका उनले बातएकी छन् । उनले पटक पटक आफू गर्भवती भएको भन्दा पनि उनले एबोर्सन गर्न भन्दै आफुलाई दवाव दिएको र आफुले नमानेको बताएकी छन् ।

गर्भवती भएको ९ महिना पुग्नै लाग्दा जेठ १९ गते उच्च अदालत तुलसीपुरले उनलाई ३० लाख धरौटीमा छाड्न आदेश दिएपनि धरौती रकम बुझाउन नसक्नदा उनी पूर्पपक्षका लागि तुलसीपुर कारागार चलान भउकी थिइन् । उनले शल्यक्रिया गरेर बच्चा जन्माएपछि अस्पतालको शैयाबाट रघुवरलाई ‘तपाईँको छोरा जन्मेको भन्दै खवर गरेपनि उनले आफुले नचिनेको बताएका छन् ।

यता, रघुवर विरुद्ध पिडित महिलाकी आमाले इप्रका तुलसीपुरमा ठाडो उजुरी दिएकी छन् । इप्रका तुलसीपुरका प्रहरी निरीक्षक बखत शाहीले रघुविर विरुद्ध ठाडो उजुरी परेको र उनलाई झिकाएर दुई पक्षबीच छलफल गराइने बताएका छन् । भट्ट प्रधानमन्त्री शेरबहादुर देउवा निकट रहेको बुझिएको छ ।